IME Life
Beema Board

नेपाल लाइफको लाभांश बीमा समितिबाट स्वीकृत, कहिले होला साधारणसभा ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितले नेपाल लाइफको लाभांश स्वीकृत गरेको छ ।  कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश वितरणका लागि स्वीकृतिको लागि समितिमा पेश गरेको थियो ।

बीमा समितिले लाभांश स्वीकृत गरे सँगै कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुला भएको छ । कम्पनीले यस आर्थिक वर्षमा एक अर्ब १४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । सोहि मुनाफाबाट कम्पनीले जम्मा एक अर्ब ६ करोड १० लाख रुपैयाँ वितरण गर्नेछ ।

Prabhu
Crest

कम्पनीले विगतका वर्षमा जस्तै यस वर्ष पनि बोनस शेयरलाई प्राथमिकता दिएको छ । हाल नेपाल लाइफको चुक्ता पूँजी ७ अर्ब १९ करोड रुपैयाँ छ । प्रस्तावित बोनस शेयर पछि ८ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी २ अर्ब तोके पनि नेपाल लाइफको ७ अर्ब १९ करोड रुपैयाँ छ ।

केहि समय अगाडी नेपाल लाइफको लाभांश वितरणमा बीमा समितिले रोक्ने भन्दै हल्ला चलाइएको थियो । जसले गर्दा कम्पनीको शेयर मूल्यमा असर पारेको थियो । तर अव कम्पनीले लाभांश दिने पक्का भएको छ । कम्पनीले केहि दिन भित्रै साधारणसभाको मिति तय गर्नेछ । प्रस्तावित लाभांश साधारणसभाबाट पारित भए पछि बल्ल शेयरधनीले पाउने छन् ।

नेपाल लाइफको प्रस्तावित लाभांश बीमा समितिले स्वीकृत गर्ला ?

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS