IME Life
Beema Board

प्रत्येक जीवन बीमा कम्पनीले चार जिल्लामा जनचेतनामुलक कार्यक्रम गर्नै पर्ने, गोलाप्रथाबाट जिल्ला छनोट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले कम्तिमा चार वटा जिल्लामा एक वर्षसम्म बीमा सम्बन्धी जनचेतना तथा जीवन बीमा व्यवसाय अभिबृद्धि सम्बन्धी कार्यक्रम गर्नु पर्ने भएको छ । बीमा समितिले शुक्रवार गोलाप्रथाबाट सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई ४/४ वटा जिल्ला तोकिदिएको छ ।

गोलाप्रथाबाट आफ्नो भागमा परेका जिल्लाहरुमा बीमा कम्पनीहरुले एक वर्षसम्म नियमित रुपमा बीमा सम्बन्धी जनचेतनामुलक विभिन्न कार्यक्रमहरु आयोजना गर्नु पर्ने भएको छ । कम्पनीहरुले आफ्नो भागमा परेका जिल्लामा कम्तिमा जीवन बीमा भनेको के हो ? देखि लिएर बीमा सम्बन्धी सामान्य जानकारी आम सर्वसाधारणलाई जानकारी गराउनु पर्नेछ । यसै क्रममा सम्बन्धित जीवन बीमा कम्पनीहरुले आफ्नो जीवन बीमा पोलिसीको प्रचार तथा ब्राण्डिङ समेत गर्न पाउने छन् ।

Prabhu
Crest

बीमाको प्रचार प्रसार गर्दै गर्दा बीमा कम्पनीहरुले आफ्नो बीमा योजनाको प्रवर्द्धन समेत गर्न पाउने भएकाले यो थप प्रभावकारी हुने बीमा समितिको धारणा छ । जीवन बीमा व्यवसाय काठमाडौंमा मात्रै केन्द्रित नभइ गाउँ गाउँका सर्वसाधारण बीमाको पहुँचमा आउनु पर्ने बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको धारणा रहेको छ । यसका लागि बीमा कम्पनीले पनि आफ्नो तर्फबाट जनचेतना तथा व्यवसाय अभिबृद्धिको काम गर्नु पर्ने उनले बताए ।

बीमा समितिले यस आर्थिक वर्षमा १०० वटा स्थानीय निकायका जनप्रतिनिधी, सरोकारवाला पक्ष र सर्वसाधारण व्यक्तिहरु सँग बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिसिसकेको छ । अझै ५० वटा जिल्लामा पुग्ने समितिको लक्ष्य रहेको छ । बीमा समितिले गर्दै आएको कार्यक्रम र अहिले जीवन बीमा कम्पनीहरुलाई तोकेर दिएको निर्देशन फरक रहेको समितिले जनाएको छ ।

बीमा समितिले आफ्नो तर्फबाट गर्नु पर्ने काम गरिरहने र यसका अतिरिक्त बीमा कम्पनीहरुले पनि जनचेतनामुलक काम गर्नु पर्ने समितिको धारण रहेको छ । गोलाप्रथाबाट चार चार वटा जिल्ला निर्धारण भए पनि बीमा कम्पनीहरु विचको आपसी सहमतिमा जिल्ला साटा साट भएको छ ।

बीमा समितिले अहिलेलाई जिल्ला मात्रै तोकिदिएको छ । तर तोकिएका जिल्लामा कतिवटा कार्यक्रम, कुन कुन समयमा, कस्तो कस्तो कार्यक्रम भन्ने विषयमा भने मार्गदर्शन बनाएको छैन । यदि कम्पनीहरुले एउटा मात्रै कार्यक्रम गरेर बसे भने यसका लागि मार्गदर्शन पनि बनाउने पक्षमा समिति रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS