IME Life
Beema Board

माघ महिनासम्ममा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन २३ अर्ब तीन करोड, कुन कम्पनीको कति (सूचीसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले माघ महिनासम्ममा २३ अर्ब तीन करोड २६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । उनिहरुले माघ एक महिनामा मात्रै २ अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेका छन् । यस महिनामा जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन धेरै कम देखिएको छ ।

माघ महिनामा सर्वाधिक धेरै नेपाल लाइफले मात्रै तीन अर्ब ८७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले माघ महिनासम्ममा भने ४५ करोड ९३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

दोस्रो धेरै प्रथम बीमा शुल्क आर्जन गर्नेमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले माघ महिनामा मात्रै ३३ करोड ९५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा माघ महिनासम्ममा भने २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै तेस्रो धेरै प्रथम बीमा शुल्क आर्जन गरेको लाइफ इन्स्योरेन्स कर्पोरेसनले २० करोड ४८ लाख रुपैयाँ संकलन गरेको छ । माघ महिनासम्ममा भने एक अर्ब ४८ करोड रुपैयाँ आर्जन गरेको छ ।

माघ महिनाको मात्रै प्रथम बीमा शुल्क आर्जन तर्फ सन नेपाल लाइफ चौथो स्थानमा रहेको छ । सन नेपालले माघ महिनामा १८ करोड ८३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्दा माघ महिनासम्ममा भने एक अर्ब ४७ करोड रुपैयाँ आर्जन गरेको छ ।

पाँचौ स्थानमा रहेको सिटिजन लाइफले माघ महिनामा मात्रै १५ करोड ४६ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्दा माघ महिनासम्ममा भने एक अर्ब ६० करोड रुपैयाँ रहेको छ । यस पटक युनियन लाइफको प्रथम बीमा शुल्क आर्जनमा खासै सुधार देखिएको छैन । कम्पनीले ९ करोड ८२ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । तर माघ महिनासम्ममा भने एक अर्ब ४५ करोड रुपैया छ ।

 

माघ महिनामा रिलायवल लाइफले १२ करोड १५ लाख, एशियन लाइफले ११ करोड २६ लाख, सूर्या लाइफले १० करोड ८५ लाख, मेट लाइफले १० करोड ५४ लाख, ज्योति लाइफले १० करोड ७ लाख, युनियन लाइफले ९ करोड ८२ लाख, प्राइम लाइफले ७ करोड ५२ लाख, आइएमई लाइफले ६ करोड ४८ लाख, रिलायन्स लाइफले ५ करोड १२ लाख, गुराँस लाइफले ५ करोड १२ लाख, प्रभु लाइफले ४ करोड ९७ लाख, सानिमा लाइफले ४ करोड ६७ लाख, महालक्ष्मी लाइफले ४ करोड ६० लाख र राष्ट्रिय बीमा संस्थानले ३ करोड ५६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS