IME Life
Beema Board

एशियन क्यापिटलमा पोर्टफोलियो व्यवस्थापनको सेवा लिदा निःशुल्क बीमा सुविधा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एशियन क्यापिटलले पोर्टफेलियो व्यवस्थापनको सेवाग्राहीहरुलाई पोर्टफोलियो बराबरकै बीमा गरिदिने भएको छ । एशियन लाइफको सहायक कम्पनी एशियन क्यापिटलले आफ्नो सेवालाई बीमासँग टाइअप गरेको हो । क्यापिटलले आफ्नो पोर्टफेलियो व्यवस्थापनका ग्राहकहरुको आवधिक जीवन बीमा ‘टर्म इन्स्योरेन्स’ गरिदिनेछ । यस बापतको बीमा शुल्क क्यापिटल आफैले भुक्तानी गर्ने प्रमुख कार्यकारी अधिकृत सचिन सिलवालले जानकारी दिए ।

दोस्रो बजारको राम्रो ज्ञान तथा अनुभव नभएका लगानीकर्ताले क्यापिटलबाट पोर्टफेलियो व्यवस्थापनको सुविधा लिन पाउने छन् । आफ्नो लगानी सुरक्षणका लागि विश्वमै मर्चेन्ट बैंक जस्ता संस्थाहरुले यस्तो सुविधा दिने गरेको पाइन्छ । सोहि अनुसार एशियन क्यापिटलले दिन लागेको हो ।

Prabhu
Crest

लगानीकर्ताले न्युनतम तीन लाख रुपैयाँ र अधिकतम आफुले चाहेको रकमसम्मको लागि पोर्टफेलियो व्यवस्थापनको जिम्मेवारी दिन सक्ने छन् । उनिहरुले न्युनतम एक वर्ष अवधिको लागि पोर्टफेलियो व्यवस्थापनको जिम्मेवारी दिनुपर्नेछ ।

क्यापिटलले यस्ता ग्राहकहरुलाई पोर्टफेलियो रकम बराबरकै बीमाङ्क हुने गरी बीमा गरिदिने जनाएको छ ।  साथै जति अवधिको यो सुविधा लिन चाहन्छन् त्यति नै अवधिको बीमा सुविधा पाउने छन् । एशियनले डिम्याट खाता खोल्न चाहने ग्राहकहरुलाई १० मिनेटमै उपलब्ध गराउनेछ । यसका लागि सम्बन्धित व्यक्ति कार्यालयमै उपस्थित हुनुपर्ने क्यापिटल जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS