IME Life
Beema Board

बीमा कम्पनीहरुमा समितिको स्थलगत सुपरिवेक्षण, कर्मचारीहरुको सर्टिफिकेट छानबिन गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले सबै जीवन र निर्जीवन बीमा कम्पनीहरुमा स्थलगत सुरपरिवेक्षण शुरु गरेको छ । बीमकको संस्थागत सुशासनको अवस्था परिक्षण, नियमन र सुपरिवेक्षणको लागी अनसाइट(स्थलगत) र अफसाइट(गैरस्थलगत) सुपरिवेक्षण गर्दै आएको बीमा समितिले मंगलबारदेखि स्थलगत अनुगमन शुरु गरेको हो ।

बीमा समितिबाट खटिएका अधिकारीहरुको बेग्लाबेग्लै टोली स्थलगत सुपरिवेक्षणमा व्यस्त रहेको छ । स्थलगत सुपरिवेक्षण टोलीले बीमा ऐन, नियमावली, बीमालेख निर्देशिका, संस्थागत सुशासन निर्र्देशिका, बीममको सूचना प्रविधि निर्देशिका र बीमा समितिबाट समय समयमा जारी भएका निर्देशनहरुको कार्यान्वयन भए नभएको बारे अध्ययन गरिरहेको छ ।

Prabhu
Crest

अनुगमनमा खटिएका एकजना निर्देशकका अनुसार स्थलगत सुपरिक्षवेणको क्रममा बीमकको जोखिमांकन (अण्डरराइटिङ), दाबी भुक्तानीको अवस्था, कर्मचारी र अभिकर्तालाई गरिएको कर्जा प्रवाह, बीमालेख सम्बन्धी सुविधा, नगद कारोबार, आन्तरिक नियन्त्रण प्रणाली र सुशासनको अवस्थाबारे विशेष चासो राखिएको छ ।

अनुगमनको क्रममा तथ्यांकहरु संकलन गर्ने र नमूनारुपमा केही बीमालेख सम्बन्धी प्रस्ताव, लेखा कारोबार, बीमालेख जारी गर्दा उधारो वा नगदमा जारी गरेको भन्ने विषयमा यकीन गर्ने प्रयास हुने अनुगमन टोलीको भनाई छ ।

बीमा समितिले केही दिन अघि मात्र सम्पूर्ण बीमकहरुसँग कर्मचारीको शैक्षिक योग्यतालगायतको विवरण माग गरेको थियो । स्थलगत अनुगमन टोलीले प्राप्त विवरणको आधारमा स्थलगत सुपरिवेक्षणको क्रममा पनि शैक्षिक योग्यता सम्बन्धमा थप प्रमाणहरु माग्ने र अनुसन्धान गर्ने कार्य गर्दैछ । विशेषगरी कार्यरत जनशक्तिको संख्या, तह, स्थायी अस्थायी, करार कर्मचारीको विवरणलगायतको विषयमा पनि टोलीले चासो राखेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS