IME Life
Beema Board

नयाँ बीमा कम्पनी खोल्नका लागि अर्थमन्त्रालयमा अनेक किसिमका दवाव

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अर्थ सचिव मधुकुमार मरासिनीले नयाँ बीमा कम्पनी स्थापनाका लागि अर्थमन्त्रालयमा दवाव परिरहेको बताएका छन् । राष्ट्रिय बीमा संस्थाको ५५ औ वार्षिकोत्सवको अवसरमा मरासिनीले निजी स्तरबाट नयाँ बीमा कम्पनी स्थापनाका लागि दवाव आइरहेको बताएका हुन् । पछिल्लो समय बजारमा बीमा व्यवसाय प्रतिस्पर्धी बन्दै गर्दा पनि नयाँ कम्पनीहरुको माग भइरहेको उनले जानकारी दिए ।

राष्ट्रिय बीमा संस्थानमा १५ वर्ष अगाडी जुन किसिमको समस्या थियो आज पनि त्यहि समस्या देखिएको भन्दै मरासिनीले अहिलेका समस्या समाधानका लागि पहल गर्न अनुरोध गरेका छन् । वार्षिकोत्सवको अवसरमा संस्थानका कर्मचारीहरुले राखेको मागलाई संबोधन गर्दे मरासिनीले सबैभन्दा पहिला संस्थाको व्यवसाय बृद्धिका लागि पहल गर्न निर्देशन दिएका छन् । उनले भने ‘तपाईहरुले व्यवसाय बढाउनु भयो भने सेवा सुविधाको माग गर्नु तपाईहरुको अधिकार हो । तपाईहरुले व्यवसाय बृद्धि गर्नु भयो भने कुनै पनि शक्तिले तपाईहरुको सेवा सुविधा बढाउनका लागि रोक्न ।’ उनले थपे ‘संस्थालाई प्रतिस्पर्धी बनाउन तिर लाग्नुहोस् । हामीले हेर्दा हेर्दै निजी क्षेत्रबाट थुप्रै कम्पनीहरु आइरहेका छन् । निजी क्षेत्रलाई यो व्यवसाय एकदमै क्रियटिभ छ । तपाईहरुले सन्दै आउनु भएको होला कति धेरै मानिसहरुले बीमा व्यवसाय गर्नलाई, नयाँ नयाँ बीमा कम्पनी दर्ता गर्नलाई खोजिरहेका छन् । यसका लागि अनेक किसिमका दवाव भनौ वातावरण पनि बनाइरहेका छन् ।’

Prabhu
Crest

‘यो भनेको बजारमा बीमाको माग छ भन्ने हो । बजारमा मागै छैन भने किन कम्पनीका लागि यति धेरै दवाव आउछ’, मरासिनीले भने । बजारमा बीमाको माग छ भने संस्थानले पनि बिक्री गर्न सक्नु पर्ने भन्दै मरासिनीले व्यवसाय बृद्धिका लागि निर्देशन दिएका हुन् ।

सरकारको लगानी भएको संस्थानलाई सरकारको साथ भएको हुनाले काम गर्न सहज भएको भन्दै उनले संस्थानको पछाडी तीन करोड जनसंख्या भएको हुँदा नडाराउन समेत उनले आग्रह गरे । नयाँ प्रोडक्ट ल्याउन उनले अनुरोध गरे । उनले भने ‘यसलाई अनि व्यवसायिक हिसावले चलाउनुस् ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS