IME Life

तरलता अभावको असर: बीमालेख समर्पण र कर्जामा दबाब बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पूँजीको खडेरीको नकारात्मक असर जीवन बीमा व्यवसायमा एकपछि अर्को गर्दै देखा पर्न थालेको छ ।

परम्परागत वित्तीयहरु बैंक, वित्तीय संस्था, सहकारी संस्थाबाट कर्जा पाउनै मुश्किल भएपछि पैसाको जोहो गर्ने विकल्प खोज्दै सर्वसाधारण र व्यापारीहरु बीमालेख धितो राखेर कर्जा लिने, बीमाको आवधिक भुक्तानी सकृयतापूर्वक लिने र बीमालेख समर्पण गर्ने विकल्पहरुको प्रयोग गर्न थालेका छन् ।

Prabhu
Crest

जीवन बीमा कम्पनीको बीमितलाई बीमालेख सम्बन्धि सेवा प्रदान गर्ने विभाग ‘पोलिसी सर्भिसिङ्ग विभाग’ का कर्मचारीका अनुसार बीमालेख कर्जा र समर्पणको संख्या दुई महिनायता ह्वात्तै बढेको छ ।

असमयमै हुने बीमालेख समर्पण बीमकको लागि मात्र नभएर स्वयम् बीमितको लागि समेत घाटाको कारोबार हो । बीमा सम्बन्धी जानकारका अनुसार छ वर्ष पुरा नहुँदै बीमालेख समर्पण गर्दा संचालन/व्यवस्थापन खर्चको कारण बीमकलाई र न्यून समर्पण मूल्यका कारण बीमितलाई समेत घाटा हुन्छ । यस्तो समर्पणको सिधा असर जीवन बीमकले वितरण गर्ने बीमालेख बोनशमा समेत पर्न जान्छ । र, समर्पण दर बढ्दै जाँदा बोनश दर घट्दै जान्छ ।

बैंकहरुको कर्जाको ब्याज दरको तुलनामा अहिले बीमालेख कर्जाको ब्याजदर सस्तो भएपनि  बैंकले जस्तो मासिकरुपमा ब्याज भुक्तानी गर्नैपर्ने बाध्यात्मक अवस्था हुँदैन । बीमालेख कर्जा लिएको रकमको ब्याज छ छ महिनामा चुक्ता नगर्दा सावाँमा ब्याज समेत जोडिएर ब्याज गणना हुँदा बीमितले प्राप्त गर्ने रकमभन्दा तिर्नुपर्ने रकम अधिक हुन गई बीमालेख निष्कृय हुने जोखिम पनि उत्तिकै हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS