IME Life

बजारमा तरलता अभाव हुँदा बीमितको खडेरी, सिइओको दवावमा शाखा प्रवन्धक

SPIL
NIC ASIA

काठमाण्डौं । बैंक तथा वित्तीय संस्थाहरुमा वित्तीय तरलताको सिधा प्रभाव जीवन बीमा कम्पनीहरुको व्यवसायमा परेको छ । बैंक वित्तीय संस्थासँग लगानी योग्य पूँजीको अभावसँगै बजारमा कर्जा प्रवाह ठप्प प्रायः भएपछि जीवन बीमा कम्पनीहरुमा ठूलो बीमांकको बीमा गर्ने बीमितको खडेरी लाग्न थालेको हो ।

बीमा कम्पनीहरुको शाखा,उपशाखाहरुबीचको प्रतिस्पर्धामा करोड भन्दा बढीको प्रथम बीमाशुल्क रकमको आधारमा प्रतिस्पर्धा हुँदै आएकोमा अहिले करोड भन्दा थोरै रकमको लागी प्रतिस्पर्धामा सीमित हुन पुगेको छ । बजारमा पुरै खडेरी लागेको छ,सुर्खेतस्थित एक जीवन बीमकको शाखा प्रबन्धकले भने,बजारमा पैसा छैन, दिनानुदिन सिइओले नै फोन गरेर व्यवसाय किन भएन भन्दै स्पष्टीकरण माग्दा झन् तनाव थपिएको छ ।

Prabhu
Crest

बैंकले जीवन बीमा कम्पनीसँग मुद्दति निक्षेपको रकम माग्दा जीवन बीमकले ब्याज दर कति दिन्छौं भनेर होइन, जीवन बीमा कतिको गराउँछौं भनेर जिज्ञासा राख्न थालेका छन् । एक जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतले भने, बजारमा कहिं कतै पैसा छैन, बैंकरलाई पैसाको खाँचो छ,हामीलाई व्यापारको, यस्तो बेला दुबै पक्षले सक्दो मोलमोलाई गर्नु स्वाभाविक हो ।

अहिले बैंकको निक्षेप विभाग प्रमुखहरु नै दैनिकजसो जीवन बीमा कम्पनीको प्रधान कार्यालय धाउन बाध्य छन् । नयाँ निक्षेप पाइ हालिन्छ कि भन्ने आशामा र भएकै निक्षेप पनि खोसिएला कि भन्ने त्रासबीच यस्तो भेटघाट हुन गरेको छ । जीवन बीमकका अनुसार ठूला बीमाको नविकरण दर पनि ज्यादै चिन्ताजनक अवस्थामा छ । व्यापार व्यवसायमा लगानी गर्न औपचारिक वित्तीय प्रणाली(बैंक,वित्तीय संस्था)बाट पैसाको जोहो हुन नसकेपछि व्यवसायीहरु मिटर ब्याजमा दैनिक ३ देखि ५ प्रतिशतभन्दा चर्को ब्याज दरमा ऋण लिन बाध्य भएका छन् ।

जीवन बीमकको अधिकांश शाखा प्रबन्धकको साझा गुनासो छ्, जीवन बीमालेख बिक्री गर्नु मृगमरिचिका झैं भएको छ, व्यापारीले गर्छु गर्छु भन्छन्, तर गर्ने बीमा दिनमा खातामा पैसा नै छैन भनेर टार्छन् । प्रस्ताव फारम ठीक्क पारेर राखेपछि प्रधान कार्यालयमा संभावित व्यापारको आंकडा पठाउने शाखा प्रबन्धकहरु महिनाको अन्तिम दिन पनि यस्तो प्रस्ताव फारमवापतको प्रथम बीमाशुल्क हात नपरेपछि तनावमा पर्ने गरेका हुन् ।

वित्तीय तरलताको असर जीवन बीमा कम्पनीहरुको दोश्रो त्रैमासिक प्रतिवेदनमा स्पष्टरुपमा देखा परिसकेको छ । जीवन बीमकहरुका अनुसार अहिलेको अवस्था निरन्तर रहने हो भने तेश्रो त्रैमासिक प्रतिवेदनमा अधिकांश जीवन बीमकको प्रगती झन् खस्किनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS