IME Life

ज्योति लाइफका सिइओ खत्रीले बुझे वार्षिक ७७ लाख ५५ हजार तलब भत्ता

SPIL
NIC ASIA

काठमाडौं । ज्योति लाइफका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले वार्षिक तलब भत्ता तथा अन्य सुविधा बापत ७७ लाख ५५ हजार ७७२ रुपैयाँ बुझेका छन् । गत आर्थिक वर्ष २०७६/७७ मा खत्रीले तलब भत्ता बापत ६४ लाख २४ हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै नियम अनुसार कर्मचारी बोनस बापत १३ लाख ३० हजार रुपैयाँ बुझेका छन् । उनले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा तलब भत्ता बापत ४८ लाख ३० हजार रुपैयाँ मात्रै प्राप्त गरेका थिए । उनले एक वर्षमै ६० प्रतिशतले वार्षिक तथा भत्ता तथा अन्य सुविधा बढाएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा सञ्चालकहरुले समितिको बैठक लगायत अन्य समितिहरुको बैठक भत्ता बापत १३ लाख ३३ हजार तथा भ्रमण भत्ता सुविधा प्राप्त गरेका छन् । अन्य प्रमुख पदाधिकारीहरुले भने गत वर्ष ८७ लाख ९८ हजार रुपैयाँ बुझेका छन् ।

Prabhu
Crest

कम्पनीले आज सम्पन्न भएको चौथो वार्षिक साधारणसभाले शेयरधनीहरुका लागि १० प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गरेको छ । यस आर्थिक वर्षमा शेयरधनीहरुले पनि अन्य कम्पनीको भन्दा राम्रो लाभांश पाउन सफल भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS