IME Life

लाभांश पारित सहित ज्योति लाइफको एजिएम सम्पन्न, ६ संचालक निर्विरोध निर्वाचित

SPIL
NIC ASIA

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले लेकसाइड पोखरामा भर्चुअल माध्यमबाट साधारणसभा गरेको छ । सभाले १० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह तथा तत् सम्बन्धित अनुसुचिहरु तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतका दरले २२ करोड रुपैयाँ बोनश शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै सञ्चालक समितिमा कम्पनीका सञ्चालकहरुमा संस्थापक शेयरधनी समूहक तर्फ नन्द किशोर शर्मा, आकाश गोल्छा, शर्मिला श्रेष्ठ महर्जन, जयन्त कुमार अग्रवाल र साधारण शेयरधनी समुह ख तर्फ कौशल नौलखा र प्रिया तायल चयन भएका छन् । साथै सञ्चालक समितिको अध्यक्षमा नन्द किशोर शर्मा मनोनित भएका छन्

लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिकको निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले कोभिड १९ पिडितको उपचारको लागि सहयोग स्वरुप नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता बापतको ७ लाख ५० हजार रुपैयाँ अनुमोदन गरेको छ ।

साथै ६ आश्विन, २०७४ बाट विधिवत् रूपमा जीवन बीमा क्षेत्रमा सेवाहरु प्रदान गर्दै अघि बढ्ने क्रममा ज्योति लाईफले आजको दिन सम्म १२८ शाखा उपशाखा मार्फत सेवाग्राही हरुलाई सेवा पुर्याउदै आएको कम्पनीले जनाएको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS