IME Life

जीवन बीमा कम्पनीको नाफा घट्दा कर्मचारीको बोनशमा गिरावट, ६ महिनाको नाफा २२ करोड २७ लाख छुट्टियो

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनाको मुनाफाबाट कर्मचारीहरुलाई २२ करोड २७ लाख रुपैयाँ बोनश छुट्टाएका छन् । जवकी गत वर्षको यहि अवधिमा कम्पनीहरुले २८ करोड ८ लाख रुपैयाँ छुट्टाएका थिए । नियम अनुसार कम्पनीहरुले मुनाफाको १० प्रतिशत रकम प्रोत्साहन स्वरुप बोनस दिनु पर्ने हुन्छ । यस वर्ष जीवन बीमा कम्पनीको मुनाफामा गिरावट आउदा कर्मचारीको बोनस रकम पनि घट्ने भएको हो ।

यस वर्ष जीवन बीमा कम्पनीको मुनाफा २० प्रतिशतले घटेको छ । सञ्चालन तथा व्यवस्थापन खर्च बढ्दा कम्पनीहरुको मुनाफामा भारी गिरावट आएको हो । विगत दुई तीन वर्षदेखि बीमा कम्पनीमा कर्मचारीको संख्या लगातार बढिरहेको छ । यसले गर्दा ४र५ वर्ष अगाडी जीवन बीमा कम्पनीका कर्मचारीले जति बोनस पाउथे पछिल्ला वर्षमा घट्ने गरेको छ । बोनसका कारण २० महिनासम्मको तलब थाप्ने कर्मचारीहरुले पछिल्ला वर्षमा १४र१५ महिनाको मात्रै पाउने गरेका छन् । कर्मचारी संख्या बढ्दा उनिहरुको पनि स्वत हिस्सा घट्छ । अर्को तर्फ मुनाफामै गिरावट आउदा यस वर्ष जीवन बीमा कम्पनीका कर्मचारीले राम्रो बोनस पाउने देखिदैन ।
अहिले बीमा कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा जीवन बीमा कोषबाट आर्जन भएको आम्दानीलाई मुनाफामा जोडिदैन । यसले गर्दा कम्पनीको एक्चुरिअल मूल्याङ्कन पछि तयार भएको लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरणमा मुनाफा बढ्न जान्छ । तसर्थ अहिले कर्मचारीका लागि छुट्टाएको बोनस बापतको रकममा बृद्धि हुन्छ ।

Prabhu
Crest

अपरिष्कृत वित्तीय विवरणमा १२र१३ करोड नाफा देखिएका कम्पनीको एक्चुरीअल मूल्याङ्कन पछि ३०र३५ करोड रुपैयाँ भन्दा माथि हुने गरेको पाइन्छ । यसले गर्दा अहिले देखिएको कर्मचारी बोनस बापतको व्यवस्था लेखापरीक्षण पछि स्वत बढ्न जान्छ ।

अहिलेको परिष्कृत वित्तीय विवरण अनुसार यस वर्ष सबैभन्दा धेरै बोनस नेपाल लाइफले आफ्ना कर्मचारीको लागि २ करोड २० लाख रुपैयाँ छुट्टाएको छ । त्यस्तै प्राइम लाइफले एक करोड ९३ लाख रुपैयाँ, नेशनल लाइफले एक करोड ८२ लाख रुपैयाँ, रिलायबल नेपालले एक करोड ८० लाख, सूर्या लाइफले एक करोड ७४ लाख, एशियन लाइफले एक करोड ६० लाख रुपैयाँ, ज्योति लाइफले एक करोड ४८ लाख रुपैयाँ, सिटिजन लाइफले एक करोड २२ लाख रुपैयाँ, मेट लाइफले एक करोड २२ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनले एक करोड २० लाख रुपैयाँ, सानिमा लाइफले एक करोड ४ लाख रुपैयाँ छुट्टाएका छन् । अन्य कम्पनीहरुको भने एक करोड रुपैयाँ भन्दा कम छ ।

यसरी मुनाफाबाट छुट्टाइएको बोनस रकम भने आर्थिक वर्ष सकिए पछि मात्रै कर्मचारीले पाउने गरेका छन् । नियम अनुसार कम्पनीले कर्मचारीका लागि बोनस छुट्टाए पनि कतिपय कम्पनीले आफ्ना कर्मचारीहरुलाई भने दिने गरेको पाइदैन ।

यस्तो रकम कतिपय कम्पनी साउन सकिने वित्तीकै र कतिपयले दशैको समयमा अग्रिम भुक्तानी गर्छन् । जीवन बीमा कम्पनीको साधारणसभा समयमा नहुने भएकाले केहि प्रतिशत रकम अग्रिम दिएर बाँकी रकम साधारणसभा सम्पन्न भएपछि मात्रै वितरण गर्ने गरेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS