IME Life

६ महिनामा अभिकर्ताको कमिसन ६.४७ प्रतिशतले बढ्यो, ६ महिनामै बुझे ७ अर्ब ८५ करोड रुपैयाँ

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा व्यवसाय १२ प्रतिशतले बढ्दा अभिकर्ताको कमिसन भने ६.४७ प्रतिशतले मात्रै बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा जीवन बीमा कम्पनीहरुले ७ अर्ब ८५ करोड रुपैयाँ कमिसन प्राप्त गरेका छन् । गत वर्षको यहि अवधिमा अभिकर्ताहरुले ७ अर्ब ३७ करोड रुपैयाँ बुझेका थिए ।

जीवन बीमा व्यवसाय अभिकर्ताबाटै टिकेको हुन्छ । उनिहरुले भित्र्याउने व्यवसायबाटै बीमा कम्पनीहरु सञ्चालन हुने भएकाले उनिहरुले पाउने कमिसन पनि आकर्षक हुने गरेको छ । कम्पनीहरुले अभिकर्ताहरुलाई आकर्षित गर्न विभिन्न स्किम तथा इन्सेन्टिभ दिने गरेका छन् ।

Prabhu
Crest

यस वर्ष सबैभन्दा धेरै नेपाल लाइफले आफ्ना अभिकर्ताहरुलाई एक अर्ब ८४ करोड रुपैयाँ कमिशन दिएको छ । तर गत वर्षको भन्दा ३।९७ प्रतिशतले घटेको छ । त्यस्तै दोस्रो धेरै कमिसन लाइफ इन्स्योरेन्स कर्पोरेसनका अभिकर्ताले ९१ करोड ९६ लाख रुपैयाँ प्राप्त गरेका छन् । यस कम्पनीको पनि अभिकर्ता कमिसन गत वर्षको भन्दा ९।२६ प्रतिशतले घटेको छ । कम्पनीका अभिकर्ताले गत वर्ष एक अर्ब एक करोड रुपैयाँ प्राप्त गरेका थिए ।

जीवन बीमा व्यवसायमा आक्रामक देखिएको नेशनल लाइफको अभिकर्ता कमिसन २३ प्रतिशतले बढेको छ । अभिकर्ताले ७५ करोड ४१ लाख रुपैयाँ बुझेका छन् । गत वर्ष ६१ करोड १८ लाख रुपैयाँ बुझेका थिए । युनियन लाइफका अभिकर्ताले ६४ करोड ८८ लाख रुपैयाँ बुझेका छन् ।
नयाँ जीवन बीमा कम्पनीहरु मध्ये विगत एक वर्षदेखि आक्रामक देखिएको सिटिजन लाइफको अभिकर्ता कमिसन सबैभन्दा धेरै ५९ प्रतिशतले बढेको छ । कम्पनीको अभिकर्ता कमिसन ४१ करोड ८६ लाख रुपैयाँ खर्च भएको छ ।

जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा कम राष्ट्रिय बीमा संस्थानले ९ करोड ५२ लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीको अभिकर्ता कमिसन गत वर्षको भन्दा ३४ प्रतिशतले घटेको हो । बीमा शुल्क आर्जनमा भारी गिरावट देखिएको गुँरास लाइफका अभिकर्ताले १९ करोड ५६ लाख रुपैयाँ पाएका छन् । यस्तो कमिसन गत वर्षको भन्दा ४१ प्रतिशतले घटेको हो ।

पुराना जीवन बीमा कम्पनीको भन्दा नयाँ जीवन बीमा कम्पनीको अभिकर्ता कमिसन खर्च बढेको छ । यस वर्ष अधिकाम्स पुराना जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जनमा गिरावट आएको छ । उनिहरुले नविकरण बीमा शुल्कमा ध्यान केन्द्रित गरेका छन् । नविकरण बीमा शुल्कमा प्रथम बीमा शुल्कमा जति धेरै कमिसन दिनु नपर्ने भएकाले कम्पनीको खर्च घट्छ ।

बीमा समितिका अनुसार नेपालमा बीमाको पहुँच ३५ प्रतिशत पुगेको छ । अझै ठुलो जनसंख्या बीमाको पहुँच भन्दा बाहिर रहेको हुँदा जीवन बीमा कम्पनीहरुको व्यवसाय बृद्धि हुने ठाँउ खाली छ । तर विकसित देशमा प्रथम बीमा शुल्क भन्दा नविकरण बीमा शुल्क धेरै हुने गरेको छ । पछिल्लो ५ वर्षमा मात्रै नेपालको बीमाको पहुँच ७ प्रतिशतबाट ३५ प्रतिशत पुगेको हो । यसले गर्दा अवको केहि वर्ष नविकरण बीमा शुल्कको हिस्सा बढ्ने देखिन्छ ।

अभिकर्ताले नयाँ व्यवसाय भित्र्याउन प्रयास गरिरहेका हुन्छन् । उनिहरुले बीमितलाई बीमा बारेमा बुझाउनेदेखि लिएर पोलिसी खरिदका लागि प्रोत्साहन गर्ने गरेका छन् । यसले गर्दा पनि उनिहरुलाई बीमा कम्पनीहरुले आकर्षक कमिसन तथा इन्सेन्टिभ दिने गरेको पाइन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS