IME Life

सूर्या लाइफद्धारा बसेलको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण

SPIL
NIC ASIA

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले पश्चिम नवलपरासी सुनवलका एक बीमितको मृत्यु भएकोले मृतकका घरपरिवारलाई बीमाको रकम हस्तान्तरण गरेको छ । कम्पनीमा बीमा गराएकी नवलपरासी सुनवल १ प्रगतिटोल निवासी राधा कुमारी बसेलको असामयिक निधन भए पछि उनका पति बोलराम बसेललाई कम्पनीले ३ लाख ६६ हजार ८ सय रुपियाँ विमा रकम हस्तान्तरण गरेको सुनवल शाखाकी प्रबन्धक विन्दु भण्डारीले बताइन् ।

सुनवल १ प्रगतिटोल निवासी राधा कुमारी बसेलले गत वर्ष असार दोस्रो हप्तामा कम्पनीमा बीमा गरेकी थिइन् । बसेलले ३ लाखको विमा गर्दाको समयको एक किस्ता मात्र २४ हजार ८०८ रुपियाँ रकम बीमा कम्पनीलाई बुझाएकी थिइन् । बीमा गरेको एक वर्ष पनि नवित्दै (दोस्रो किस्ता नबुझाउदै) राधा कुमारी बसेलको असामयिक निधन भए पछि उनका पति बोलराम बस्यालले बीमाको सम्पुर्ण भुक्तानी पाएका हुन् ।

Prabhu
Crest

सुनवल स्थित कम्पनीको शाखा कार्यालयमा आयोजित एक कार्यक्रमका विच कम्पनीका सहायक महाप्रबन्धक किरण गौतमले सो रकमको चेक बीमितका परिवार सदस्य बोलराम बसेललाई हस्तान्तरण गरेका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS