IME Life

फागुनमा टार्गेट पुरा गर्ने नेपाल लाइफका अभिकर्ताले ‘आइफोन १३ प्रोम्याक्स’ इन्सेन्टिभ पाउने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले फागुन महिनामा तोकिएको टार्गेट पुरा गर्ने अभिकर्तालाई इन्सेन्टिभ बापत न्युनतम भित्ते घडीदेखि अधिकतम आइफोन १३ प्रोम्याक्ससम्म दिने भएको छ । कम्पनीले प्रथम बीमा शुल्कको आधारमा उक्त इन्सेन्टिभ दिने भएको हो ।

फागुन महिनामा ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले नेपाल लाइफ लेखिएको भित्ते घडी पाउने छन् । त्यस्तै ७५ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नले एउटा भित्ते घडी र ५२५ रुपैयाँ नगद इन्सेन्टिभ पाउने छन् ।

Prabhu
Crest

एक लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले भित्तेघडिका अतिरिक्त ९०० रुपैयाँ इन्सेन्टिभ प्राप्त गर्ने छन् । एक लाख ५० हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नेले भित्ते घडीका अतिरिक्त १६५० रुपैयाँ नगद र २ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नले घडि र २९०० रुपैयाँ इन्सेन्टिभ पाउने छन् । २ लाख रुपैयाँ भन्दा माथिको प्रत्येक थप एक लाख २५ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जनमा थप २१०० रुपैयाँ इन्सेन्टिभ पाउने भएका हुन् ।

कम्पनीले ३५ हजार रुपैयाँ वा सो भन्दा माथिको प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताहरु मध्ये तीन जनालाई आइफोन १३ प्रो म्याक्स १२८ जिविको मोबाइल फोनका लागि लाटरीमा समावेश गराउने छ । यो योजनामा संस्थागत अभिकर्तालाई समावेश गराइने छैन । नगद इन्सेन्टिभ रकममा नियम अनुसार १५ प्रतिशत कर कट्टि हुने छ । त्यस्तै यस योजनामा एकल बीमाशुल्क र म्यादी जीवन बीमा बापत दिइएको प्रिमियम गणना हुने छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS