IME Life

प्रेम दिवसमा भिमराजको दम्पतीले लिए १० लाखको बीमा योजना

SPIL
NIC ASIA

काठमाडौं । मोरङ, पथरी नगरपालिका–१०  का भिमराज र गीताले प्रेम दिवसको दिनमा १० लाख बीमाङ्क बराबरको दम्पती सुरक्षा पल्स बीमा योजना लिएका छन् । । एशियन लाईफ इन्स्योरेन्स शाखा कार्यालय इटहरीको उपशाखा वेलवारीबाट जारी बीमालेखबाट श्रीमान श्रीमती दुबै जनाको जोखिम बहन हुने उपशाखा वेलवारीका इन्चार्ज श्याम पोखरेलले बताए ।

प्रेमको वास्तविक अर्थ एकअर्कालाई माया गर्नु, हेरचाह गर्नु हो । यस बीमालेखले श्रीमान श्रीमती दुवैको आर्थिक, सामाजिक र भविष्यमा आइपर्ने आर्थिक जोखिमबाट जोगाउनु रहेको अभिकर्ता सुजता सुमन परियारको भनाई छ ।

Prabhu
Crest

पछिल्लो समय माया प्रर्दशन गर्ने होड नै चलेको छ । माया प्रर्दशन गर्नु भन्दा भविष्यमा आइपर्ने आर्थिक जोखिमबाट बच्ने आधारशिला निर्माण गर्नु सही अर्थमा प्रेम व्यक्त गरेको बुझिने सिनियर एजेन्सी म्यानेजर पुष्पा अधिकारीको बुझाइ छ । बीमा पनि बाँच्ने आधार हो, प्रेम गर्ने व्यक्ति साथमा हुदाँ सम्बन्धमा झन धेरै मिठास आउँछ । कारणवस केही तलमाथि भएको बेला जीवन बीमाकै माया पाइने सिनियर एजेन्सी म्यानेजर अधिकारीको भनाई छ ।

युवायुवतीले फजुल खर्च गरेर प्रेम दिवस मनाउनु भन्दा आफ्नो भविष्यको जीवनसाथी, सन्तान, आमाबुबा, दाजुभाई तथा दिदीबहिनीलाई मायाको प्रतिकको रुपमा रहेको जीवन बीमा गराएको उचित हुने बीमित भिमराज र गीताको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS