IME Life

आईपीओ आईसकेका ५ नयाँ जीवन बीमा कम्पनीहरुलाई दाँजेर हेर्दा (इन्फोग्राफिक सहित )

SPIL
NIC ASIA

काठमाडौं । सुचिकृत १२ जीवन बीमा कम्पनीहरु मध्ये ज्योति लाइफ, सानिमा लाइफ,  रिलायन्स लाइफ, युनियन लाइफ र प्रभु लाइफ नयाँ जीवन बीमा कम्पनीहरु  हुन्  ।  १२ जीवन बीमा कम्पनी मध्ये ७ वटा जीवन बीमा कम्पनी पुराना हुन भने ५ वटा जीवन बीमा कम्पनी नयाँ हुन् । ५ नयाँ जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ७८/७९ को दोश्रो  त्रैमासको वित्तीय विवरण प्रकाशन गरेकोमा सोही रिपोर्ट अनुरुप इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :

चुक्ता पूँजीको आधारमा :
कम्पनीहरुले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को दोश्रो त्रैमासको वित्तीय विवरणको आधारमा चुक्ता पूँजी सबैभन्दा धेरै ज्योति लाइफ इन्स्योरेन्सको रहेको छ । ज्योति लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २० करोड रहेको छ ।

Prabhu
Crest

जगेडा कोषको आधारमा :
कम्पनीहरुले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को दोश्रो त्रैमासको वित्तीय विवरणको आधारमा युनियन लाइफ इन्स्योरेन्सको जगेडा कोष सबै भन्दा बलियो छ । कम्पनीको जगेडा कोषमा १ अर्ब १६ करोड रहेको छ । त्यस्तै सबै भन्दा थोरै जगेडा कोषमा रकम रिलायन्स लाइफ इन्स्योरेन्सको रहेको छ। रिलायन्स लाईफ इन्स्योरेन्सको जगेडा कोषमा १८ करोड १७ लाख रुपैयाँ छ।

जीवन बीमा कोषको आधारमा :
कम्पनीहरुले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को दोश्रो त्रैमासको वित्तीय विवरणको आधारमा जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको ठुलो महत्व रहेकोमा युनियन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष सबै बलियो छ। युनियन लाइफको जीवन बीमा कोषमा ९ अर्ब  ५३ करोड रहेको छ । त्यस्तै सबैभन्दा थोरै जीवन बीमा कोषमा रकम प्रभु लाइफ इन्स्योरेन्सको रहेको छ। प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा २ अर्ब ६० करोड रुपैयाँ छ।

खुद बीमा शुल्क आर्जनको आधारमा :
कम्पनीहरुले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को दोश्रो त्रैमाससम्मलाई आधार मान्दा युनियन लाइफ इन्स्योरेन्सले ३ अर्ब ९८ करोड खुद बीमा शुल्क आर्जन गरेको छ र सबैभन्दा थोरै प्रभु लाइफ इन्स्योरेन्सले १ अर्ब मात्र खुद बीमा शुल्क आर्जन गरेको छ ।

खुद नाफाको आधारमा :
आर्थिक वर्ष ७८/७९ को दोश्रो त्रैमाससम्म ज्योति लाइफ इन्स्योरेन्सले सर्वाधिक १३ करोड ४० लाख खुद मुनाफा गरेको छ त्यस्तै सबै भन्दा थोरै खुद मुनाफा गर्नेमा प्रभु लाइफ इन्स्योरेन्स रहेको छ । प्रभु लाइफ इन्स्योरेन्सले ६ करोड १९ लाख मात्र खुद मुनाफा गरेको छ।

प्रति शेयर आम्दानीको आधारमा:
कम्पनीहरुले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को दोश्रो त्रैमासको वित्तीय विवरणको आधारमा ज्योति लाइफ इन्स्योरेन्सको प्रति शेयर आम्दानी सर्वाधिक १२ रुपैयाँ १८ पैसा रहेको छ भने सबैभन्दा थोरै प्रभु लाइफको प्रति शेयर आम्दानी ६ रुपैयाँ १९ पैसा रहेको छ।

यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी रहेकाले खुद नाफा र प्रति शेयर आम्दानी एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ । प्रति शेयर आम्दानी गणना गर्दा खुद मुनाफालाई शेयर संख्याले भाग गरिएको छ र सोलाई वार्षिकरण  गरिएको छ ।

नोट : उपलब्ध तथ्यांकको आधारमा गरिएको विस्लेषण पूर्ण होइन, थप अनुसन्धान गरेर निर्णय लिनु होला !

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS