IME Life

जीवन बीमा कम्पनीको पुस महिनामा प्रथम बीमा शुल्क आर्जन ४ अर्ब २२ करोड, कुन कम्पनीको कति (सूचि सहित)

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरुले पुस महिनामा ४ अर्ब २२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । त्यस्तै पुस महिनामा नविकरण बीमा शुल्क आर्जन ८ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । प्रथम र नविकरण बीमा शुल्क सहित जम्मा १२ अर्ब ७८ करोड रुपैयाँ आर्जन गरेका छन् ।

चालु आर्थिक वर्षको पुस महिनासम्मको प्रथम बीमा शुल्क आर्जन भने २० अर्ब ६० करोड रुपैयाँ रहेको छ । यस अवधिको नविकरण बीमा शुल्क आर्जन भने ५० अर्ब ३० करोड रुपैयाँ रहेको छ । जम्मा बीमा शुल्क आर्जन भने ७० अर्ब ९० करोड रुपैयाँ रहेको छ ।

Prabhu
Crest

जीवन बीमा कम्पनीहरु प्रथम बीमा शुल्क आर्जन भन्दा पनि नविकरण बीमा शुल्क आर्जनमा केन्द्रित हुन थालेका छन् । पुससम्मको तथ्याङ्कले जीवन बीमा कम्पनीहरु पुराना पोलिसीबाट टिक्न थालेको संकेत गरेको छ ।

जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन सधै उकालो लाग्दैन । एक व्यक्तिले जीवनमा एकपटकमा एउटा मात्रै पोलिसी खरिद गर्ने सामर्थ्य राख्दछ । अभिकर्ताको अनुरोधका कारण कतिपय व्यक्तिहरुले दुई तीन वटा पोलिसी खरिद गरे पनि जीवन बीमा पोलिसी आफ्नो आयले धान्न सक्ने जतिको मात्रै खरिद गर्नु पर्ने हुन्छ ।

पुस महिनामा नेपाल लाइफले सर्वाधिक धेरै प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अभिकर्ताको आन्दोलनका बाबजुत पनि नेपाल लाइफले पुस महिनामा नविकरण बीमा शुल्क सहित २ अर्ब ९४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ । प्रथम बीमा शुल्क आर्जन भने ४२ करोड ४८ लाख रुपैयाँ छ ।

दोस्रो नम्बरमा रहेको नेशनल लाइफले पुस महिनामा ३७ करोड ८१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । नविकल बीमा शुल्क ७७ करोड ७० लाख रुपैयाँ सहित एक अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

प्रथम बीमा शुल्क आर्जन तर्फ नयाँ जीवन बीमा कम्पनी युनियन लाइफले पुस महिनामा ३६ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ भने नविकरण सहित ८९ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा गुराँस लाइफ रहेको छ । गुराँसले पुस महिनामा जम्मा ९ करोड ६३ लाख रुपैयाँ मात्रै प्रथम बीमा शुल्क आर्जन गरेको छ । नविकरण तर्फ भने २२ करोड ९५ लाख रुपैयाँ छ ।

त्यस्तै महालक्ष्मी लाइफले पुस महिनामा मात्रै १० करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । नविकरण सहित भने १५ करोड ५१ लाख रुपैयाँ छ ।

यस्तो छ पुस महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम, नविकरण र कुल बीमा शुल्क आर्जनको विवरण

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS