IME Life

जीवन बीमा कम्पनीको खुद बीमा शुल्क १२%ले बढ्यो, ६ महिनामा ६९ अर्ब ९४ करोड रुपैयाँ आर्जन

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीको खुद बीमा शुल्क आर्जन १२.१३ प्रतिशतले बढेको छ । १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ६९ अर्ब ९४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीले गत वर्षको यहि अवधिमा ६२ अर्ब ३८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका थिए ।

यस अवधिमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन नेपाल लाइफले १८ अर्ब ११ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफको मात्रै २५.८९ प्रतिशत बजार हिस्सा रहेको छ । गत वर्षको यहि अवधिमा २७.३९ प्रतिशत थियो । विगत केहि वर्षदेखि नेपाल लाइफको बजार हिस्सा भने लगातार घटिरहेको छ । हिस्सा घटे पनि बीमा शुल्क आर्जन भने लगातार बढिरहेको छ ।

Prabhu
Crest

दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसनको बृद्धि दर भने ०.१६ प्रतिशत मात्रै छ । कम्पनीले ६ महिनामा ९ अर्ब ५८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बजार हिस्सा भने १५.३३ प्रतिशतबाट १३.७० प्रतिशतमा खुम्चिएको छ ।

तेस्रो स्थानमा रहेको नेशनल लाइफले चालु आर्थिक वर्षको ६ महिनामा ६ अर्ब ७९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बीमा शुल्क आर्जनमा २४ प्रतिशतले बृद्धि हुँदा बजार हिस्सा पनि बढेको छ ।

निजामति कर्मचारीको बीमामा टिकेको राष्ट्रिय बीमा संस्थानको बीमा शुल्क आर्जन ६.४१ प्रतिशतले बढेको छ । कम्पनीले दोस्रो त्रैमाशिक अवधिमा ६ अर्ब ४ करोड रुपैयाँ आर्जन गरेको छ । बजार हिस्सा भने ९.११ प्रतिशतबाट ८.६५ प्रतिशतमा झरेको छ ।

नयाँ जीवन बीमा कम्पनी युनियन लाइफ इन्स्योरेन्स कम्पनी ५ औ स्थानमा रहेको छ । कम्पनीको बीमा शुल्क आर्जन २४ प्रतिशतले बढेको छ । बजार हिस्सा ५.४० प्रतिशत रहेको युनियनले ६ महिनामा तीन अर्ब ९८ करोड रुपैयाँ आर्जन गरेको छ ।

छैठो स्थानमा रहेको एशियन लाइफको बीमा शुल्क ८.२२ प्रतिशतले बढेको छ । बजार हिस्सा ४.८५ प्रतिशत रहेको एशियनले तीन अर्ब ३० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

बीमा शुल्क बृद्धिदरमा सिटिजन लाइफ सबैभन्दा आक्रामक देखिएको छ । कम्पनीको खुद बीमा शुल्क आर्जन ७६ प्रतिशतले बढेको छ । यस अवधिमा २ अर्ब ४२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्दा बजार हिस्सा पनि बढेको छ । कम्पनीले गत वर्षको २.२० प्रतिशतको हिस्सालाई बढाएर ३.४७ प्रतिशत पुर्याएको छ ।

त्यस्तै आक्रामक सुधार गर्नेमा प्रभु लाइफ पनि रहेको छ । कम्पनीले बीमा शुल्क आर्जन ६४ प्रतिशतले बढाएर एक अर्ब रुपैयाँ आर्जन गरेको छ । बजार हिस्सा पनि ०.९८ प्रतिशतबाट १.४४ प्रतिशत पुर्याएको छ । सबैभन्दा कम बीमा शुल्क आर्जन गरेको महालक्ष्मी लाइफको बृद्धिदर भने ४३ प्रतिशत छ । कम्पनीले यस अवधिमा ६७ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

गएको वर्षको तुलनामा यस वर्ष बीमा कम्पनीको बीमा शुल्कको बृद्धिदर भने घटेको छ । गएका वर्षमा २०/३० प्रतिशत भन्दा माथि रहेको बृद्धिदर यस वर्ष भने १२ प्रतिशतमा सिमित भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS