IME Life
Beema Board

२४ हजार २६७ ऋणीले पाए सहुलियत कर्जा, एक खर्ब ५८ अर्ब रुपैयाँ प्रवाह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु मार्फत सहुलियत दरमा प्रदान गर्दै आएको पुन कर्जा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २४ हजार २६७ जनाले पाएका छन् । राष्ट्र बैंकका अनुसार उनिहरुले एक खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ प्राप्त गरेका हुन् ।

२०७८ पुस मसान्तसम्ममा १ लाख ४० हजार ५२१ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.२१३ अर्ब ५८ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५७ हजार ६२६ ऋणीलाई प्रवाह भएको रु.१३६ अर्ब १ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८० हजार ६१ महिला उद्यमीलाई प्रवाह भएको रु.७३ अर्ब ८५ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८३४ ऋणीको रु.३ अर्ब ७२ करोड कर्जा बक्यौता रहेको छ ।

Prabhu
Crest

“व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ पुस मसान्तसम्ममा रु.१ अर्ब १३ करोड स्वीकृत भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS