IME Life
Beema Board

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्धारा ६० अर्ब रुपैयाँ प्रशोचन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ६० अर्ब रुपैयाँको तरलता प्रशोचन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को छ महिनामा रिभर्स रिपोमार्फत रु.२८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत रु.३१ अर्ब ६५ करोड गरी कुल रु.६० अर्ब तरलता प्रशोचन गरिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत रु.८९ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरणमार्फत रु. १५१ अर्ब ८० करोड गरी कुल रु. २४१ अर्ब ३४ करोड तरलता प्रशोचन भएको थियो ।

Prabhu
Crest

समीक्षा अवधिमा रिपोमार्फत् रु.३२३ अर्ब ८५ करोड, सोझै खरिद उपकरणमार्फत रु.२७ अर्ब २२ करोड र स्थायी तरलता सुविधामार्फत रु.३०१५ अर्ब ८९ करोड गरी कुल रु.३,३६६ अर्ब ९६ करोड तरलता प्रवाह गरिएको छ ।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) मा अमेरिकी डलर ६६ करोड ७४ लाख खुद खरिद गरी रु.८० अर्ब २६ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब १२ करोड खुद खरिद गरी रु.२५१ अर्ब २ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलर २ अर्ब १८ करोड बिक्री गरी रु.२६० अर्ब ७ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब ४ करोड बिक्री गरी रु.२४१ अर्ब ३१ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS