IME Life
Beema Board

नयाँ सारथी लघुवित्तले कमायो ४ करोड ६३ लाख मुनाफा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको नाफा ४ करोड ६३ लाख १२ हजार रुपैयाँ नाफा कमाएको छ ।गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९ दशमलव ५४ प्रतिशतले थोरै हो । गत वर्षको सोही अवधिमा संस्थाले ५ करोड ११ लाख ९८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने १४ दशमलव २९ प्रतिशतले बढेर १३ करोड २८ लाख ५ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ११ करोड ६१ लाख ९८ हजार रूपैयाँ रहेको थियो ।

Prabhu
Crest

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ७५ लाख ६९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको छ । संस्थाको चुक्ता पुँजी २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ र जगेडा कोषमा २७ करोड ७५ लाख ४६ हजार रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिमा संस्थाको वार्षिक प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ३४ पैसा र प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ८६ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS