IME Life
Beema Board

मेट लाइफ विश्वकै सबैभन्दा प्रशंसित कम्पनीहरुको सूचिमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मेट लाइफ विश्वकै सबैभन्दा प्रशंसित कम्पनीहरुको सूचिमा परेको छ । फर्च्युन म्यागजिनले मेट लाइफलाई विश्वकै सबैभन्दा प्रशंसनीय कम्पनीहरुको सूचिमा राखेको हो । मेट लाइफ सन् २०२२ का लागि उक्त सूचिमा पर्न सफल भएको हो । यस सूचिमा ८ जीवन बीमा कम्पनीहरु पर्न सफल भएका छन् ।

लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजीक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमताजस्ता नौ विभिन्न सूचकका आधारमा म्यागजिनले मूल्याङ्कन गर्ने गर्दछ । यसका साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु तथा निर्देशक अर्थात सञ्चालकहरु सँग सर्वेक्षण गरी अंक प्रदान गरिन्छ । सोहि अंकका आधारमा उत्कृष्ठ कम्पनीहरुलाई उक्त सूचिमा समावेश गरिन्छ । म्यागजिनको उक्त मूल्याङ्कनले मेट लाइफ बीमा उद्योगमा सबैभन्दा बलियो र प्रतिष्ठित रहेको पुष्टी भएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

मेट लाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, मिशेल खलाफले आफ्नो कम्पनी जीवन बीमा उद्योगमा सबैभन्दा प्रशंसनीय कम्पनीहरु मध्ये एक भएकोमा खुशी व्यक्त गरेका छन् । साथै उनले मेट लाइफका कर्मचारीहरु कम्पनीको उद्देश्यलाई गौरवका साथ आत्मसाथ गर्दै ग्राहकहरुलाई गरिएको वाचा पूर्ति गर्न र आफ्ना समुदायहरुमा सकारात्मक परिवर्तन ल्याउन सँधै अग्रसर रहेकाले फर्च्युनद्धारा प्रदान गरिएको यो मान्यता आफ्नै कर्मचारीहरुको मान्यता भएको उनको भनाइ छ ।

सन् १८६८ मा स्थापित भएको मेट लाइफ विश्वभर ४० भन्दा बढि बजारहरुमा संचालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एशिया, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ । मेट लाइफ सन २००१ देखि नेपालमा अमेरिकि लाइफ इन्स्योरेन्स कम्पनीको शाखाको रुपमा संचालन भइरहेको छ ।

रैंकिङ्ग सम्बन्धी थप विवरणहरुका लागि यहाँ क्लिक गर्नुहोस् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS