IME Life
Beema Board

जीवन विकास लघुवित्तले कमायो ४० करोड १६ लाख रुपैयाँ मुनाफा, इपीएस कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ४० करोड १६ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आथिृक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९ दशमलव ०९ प्रतिशतले धेरै हो । गत वर्षको सोही अवधिमा संस्थाले ३६ करोड ८१ लाख ७२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ र जगेडा कोषमा एक अर्ब ७२ करोड २१ लाख ९० हजार रुपैयाँ सञ्चित रहेको छ ।

Prabhu
Crest

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि १०९ दशमलव ३९ प्रतिशतले बढेर ८० करोड ३० लाख १४ हजार रूपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा संस्थाको खुद व्याज आम्दानी ३८ करोड ३४ लाख ९३ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि बढेको छ । यस अवधिमा कम्पनीको संचालन मुनाफा ४१ करोड ५३ लाख ७९ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ७ करोड ६४ लाख ६६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

संस्थाको वार्षिक प्रतिशेयर आम्दानी १३२ रुपैयाँ ४ पैसा र प्रतिसेयर नेटवर्थ ३८३ रुपैयाँ ७ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS