IME Life
Beema Board

सानिमा जनरल इन्स्योरेन्सको नाफा ९५ प्रतिशतले बढ्दा अधिकांश सूचकमा बृद्धि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा कम्पनीले अधिकांश सुचकमा प्रगति गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले ५ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी २ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षक सोही अवधिको तुलनामा कम्पनीको नाफा ९५ दशमलव ६४ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीको बीमा कोषमा १२ करोड १८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ७ करोड १४ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको हो ।

Prabhu
Crest

१ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ११ करोड १८ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ६ करोड ३१ लाख रुपैयाँ संचिती थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकारम बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन रकम बढेको छ । गत आर्थिक वर्षमा ८ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस आर्थिक वर्ष २०७८ /७९ को दोस्रो त्रैमाससम्ममा १४ करोड ८१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७३ दशमलव २७ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनील ३ करोड ५५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ३ दशमलव ४१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड १७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ११ रुपैयाँ ६२ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १२४ रुपैयाँ ३० पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ५४.४१ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS