IME Life
Beema Board

रिलायबल लाइफको जीवन बीमा कोष ८९ प्रतिशतले बढ्यो, नाफा १८ करोड ५ लाख

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा जीवन बीमा कोष ८९.२८ प्रतिशतले बढाउन सफल भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशसम्ममा कम्पनीको जीवन बीमा कोषमा तीन अर्ब ६१ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा जम्मा एक अर्ब ९० करोड रुपैयाँ थियो ।

मुनाफामा भने सामान्य मात्रै सुधार भएको छ । कम्पनीले ६ महिनामा १८ करोड ५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १७ करोड ७९ लाख रुपैयाँ थियो । खुद बीमा शुल्क आर्जनमा भने राम्रो सुधार भएको छ । समिक्षा अवधिमा ४६ प्रतिशतले बढाउदै एक अर्ब ९२ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । त्यस्तै कुल बीमा शुल्क आर्जन भने २ अर्ब ५ करोड रुपैयाँ रहेको छ ।

Prabhu
Crest

यस अवधिमा दाबी भुक्तानी पनि ३० प्रतिशतले बढेको छ । कम्पनीले दोस्रो त्रैमाशिक अवधिसम्ममा ४० करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अभिकर्ताको कमिशन पनि ६४ प्रतिशतले बढेको छ । अभिकर्ताले २८ करोड ९३ लाख रुपैयाँ कमिशन बुझेका छन् ।

चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १७८ रुपैयाँ रहेको छ । जगेडा कोषमा ३६ करोड १३ लाख रुपैयाँ जम्मा भएको छ । प्रतिशेयर आम्दानी २५ रुपैयाँ  छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS