IME Life
Beema Board

धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जना सर्टलिष्टमा, रमेश हमाल पहिलो नम्बरमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जनाको नाम सर्ट लिष्ट गरिएको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि सिफारिस समितिले रमेश हमाल, डा. गोपाल भट्ट, खगेन्द्र कटुवाल, निरज गिरी र कृष्णराज पोखरेलको नाम सर्ट लिष्टमा पारेको छ ।

सर्टलिस्टमा परेका पाँच जनालाई आगामी आइतबार अन्तरवार्ताका लागि बोलाउने भएको छ । अन्तरवार्ता पछि समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिसका लागि पेश गर्नेछ ।

Prabhu
Crest

हालसम्मको चर्चा अनुसार हमाल सबैभन्दा बलिया उमेदवार हुन् । बोर्डको अध्यक्ष र नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि माओवादी र कांग्रेसले भागवण्डा गरेका थिए । सोहि अनुसार नेप्सेमा माओवादी निकट कृष्ण बहादुर कार्की नियुक्त भइसकेका छन् ।

नेपाली काङ्ग्रेस अझ शेर बहादुर देउवा निकट हमालले बाजी मार्ने चर्चा भए पनि उनि एनआरएन थाइल्याण्डका पुर्व अध्यक्ष भएकाले विरोध आउन सक्छ । त्यसैले गर्दा छनोट समितिले सर्ट लिष्टमा परेका पाँचै जना कांङ्ग्रेस निकट छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS