IME Life
Beema Board

हिमचुली सहकारीका ग्राहक स्व. रामअवधको परिवारले पाए मृत्यु वापतको दाबी रकम

SPIL
NIC ASIA
Sanima Reliance

भैरहवा । हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–७, रुपन्देहीको शेयर सदस्यलाई दुर्घटना बीमा वापतको रकम हस्तान्तरण गरिएको छ । सहकारीका शेयर सदस्य स्व. रामअवध कोहारको परिवारलाई बीमा वापत १० लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।

उक्त रकम शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड लुुम्बिनी प्रदेशका प्रमुख किरण काफ्ले हिमचुली सहकारीका अध्यक्ष बसन्त कुमार लाल कर्णलाई हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

हिमचुली सहकारीले आफ्ना सम्पूर्ण शेयर सदस्यको दुर्घटना तथा मेडिकल बीमा गरेको र सोही बीमावापतको रकम हस्तान्तरण गरिएको सहकारीका सचिव दीपक घिमिरेले जानकारी दिए । उनका अनुसार सहकारीले सम्पूर्ण शेयर सदस्यहरुको शिखर इन्स्योरेन्ससंग दुर्घटना मेडिकल बीमा गरेको छ ।

भर्‍याङबाट लडेर घाइते भइ उपचारका क्रममा निधन भएका सहकारीका व्यवस्थापक धर्मेन्द्र कोहारका बुवा रामअवधको परिवारलाई उक्त बीमावापत रकमको चेक हस्तान्तरण गरिएको घिमिरेले जानकारी दिए ।

प्रदान गरिएको रकमले केही भए पनि परिवारलाई सहयोग पुग्ने उनको भनाइ छ । सहकारीले बचत संकलन र ऋण लगानी मात्र नभइ शेयर सदस्यको हितका लागि बीमा, राहत लगायतका सुविधा समेत प्रदान गर्दै आएको उनले बताए ।

शिखर इन्स्योरेन्स लुम्बिनी प्रदेश प्रमुख किरण काफ्लेले हिमचुली सहकारीका शेयर सदस्यको दुर्घटना बीमा वापतको रकम हस्तान्तरण गरिएको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS