IME Life
Beema Board

आरएमडिसी लघुवित्तको नाफा ४६% ले बढ्यो, अधिकांश सूचकमा प्रगति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १६ करोड ८५ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा ४६ दशमलव ८४ प्रतिशतले धेरै हो । गत वर्षको सोही अवधिमा संस्थाले ११ करोड ४७ लाख ४७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

संस्थाको चुक्ता पुँजी एक अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ र जगेडा कोषमा ९८ करोड ९२ लाख ७० हजार रुपैयाँ सञ्चित रहेको छ ।

Prabhu
Crest

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी ३७ दशमलव ८८ प्रतिशतले बढेर २७ करोड ७४ लाख २२ हजार रूपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा संस्थाको खुद व्याज आम्दानी २० करोड १२ लाख ४ हजार रूपैयाँ रहेको थियो ।

त्यसैगरी दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा ४३ दशमलव ४८ प्रतिशतले बढेर २३ करोड ४९ लाख ५५ हजार रूपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा संस्थाले १६ करोड ३७ लाख ४४ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

यस अवधिमा संस्थाको वार्षिक प्रतिशेयर आम्दानी २७ रुपैयाँ १५ पैसा र प्रतिशेयर नेटवर्थ २५३ रुपैयाँ रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS