IME Life
Beema Board

महालक्ष्मी लाइफको नाफामा सामान्य सुधार हुँदा खुद बीमाशुल्क ४३% ले बढ्यो, अन्य वित्तीय सुचक कस्तो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७८/ ७९ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार सबै सुचकमा प्रगति गरेको देखिन्छ ।

कम्पनीले समिक्षा अवधिसम्ममा ६७ करोड ९१ लाख ५१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षकोे सोही अवधिमा ४७ करोड २८ लाख ७६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक बर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ४३ दशमलव ६३ प्रतिशतले बढी हो ।

Prabhu
Crest

१ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २० करोड २८ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा १४ करोड ७४ लाख रुपैयाँ मात्र संचिती रहेको थियो । कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ७३ करोड ७४ लाख रुपैयाँ संचित रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १ अर्ब १३ करोड ८१ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको महा विपत्ति कोषमा २ करोड ५९ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले ५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ५ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको मुनाफामा सामान्य बृद्धि भएको छ ।

त्यसैगरी कम्पनीले यस अवधिमा ७ करोड ३७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९० लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी धेरै गुणा बृद्धि गरेको छ ।

जीवन बीमा कम्पनीहरुको मुनाफा लगायतको वित्तिय विवरणहरु लेखापरिक्षणको क्रममा बीमांकीय मूल्याङ्कनको क्रममा फेरबदल हुनसक्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS