IME Life
Beema Board

जाल्पा सामुदायिक लघुवित्तको आइपिओमा पहिलो दिनमै १५ गुणा बढिको आवेदन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले निष्काशन गरेको प्राथमिक शेयरमा पहिलो दिनमै १५ गुणा बढिको आवेदन परेको छ । संस्थाले सर्वसाधारणका लागि आजदेखि निष्काशन गरेको प्राथमिक शेयरमा ६ लाख भन्दा धेरै आवेदकले ७२ लाख भन्दा बढि कित्ताको लागि आवेदन दिएका छन् ।

संस्थाले १ सय रुपैयाँ अङ्कित दरमा ५ लाख २२ हजार कित्ता साधारण शेयर विक्रीका लागि सार्वजनिक आह्वान गरिरहेको छ । जसमध्ये ८ हजार कित्ता शेयर कर्मचारीहरु तथा सर्वसाधारणलाई छुट्याइएको शेयर मध्येको २६ हजार १०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी रहने ४ लाख ८७ हजार ९ सय कित्ता साधारण शेयर सर्वासाधारणले पाउने छन् ।

Prabhu
Crest

आईपीओ माघ २५ गते सम्म खुला रहने छ । आवेदन दिन बाँकी लगानीकर्ताले लक्की ड्रमा पर्नका लागि १० कित्ताको लागि मात्रै आवेदन दिए पुग्छ । सार्वजनिक निष्काशन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरिरहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै, मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS