IME Life
Beema Board

एशियन लाइफको सञ्चालक भत्ता घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अन्य कम्पनीहरुमा सञ्चालकहरुको भत्ता तथा अन्य खर्चहरु बढ्दै गर्दा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको भने घटेको छ । कम्पनीले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ मा संचालक समितिका पदाधिकारीहरुले जम्मा ८ लाख ७३ हजार ५५९ रुपैयाँ मात्रै बुझेका छन् । जवकी यस भन्दा अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा यस्तो खर्च १२ लाख ९७ हजार ४३९ रुपैयाँ मात्रै थियो ।

Prabhu
Crest

त्यस्तै अन्य समिति तर्फको खर्च पनि घटेको छ । अन्य उपसमितिका सञ्चालकहरुले जम्मा ९६ हजार रुपैयाँ मात्रै भत्ता बुझेका छन् । जवकी अघिल्लो वर्षमा यस्ता उपसमितिका पदाधिकारीहरुले एक लाख ५६ हजार रुपैयाँ बुझेका थिए ।

बीमा समितिले केहि समय अगाडी नेपाल लाइफका सञ्चालकहरुले अस्वभाविक रुपमा बैठक भत्ता लिएको पाइएपछि कारबाही गरेको थियो । प्राय सबै बीमा कम्पनीहरुको सञ्चालक खर्च बढ्दै गर्दा एशियन लाइफको भने घटेको पाइएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS