IME Life
Beema Board

सूर्योदय लघुवित्तले कमायो ६ करोड ४४ लाख खुद नाफा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ६ करोड ४४ लाख खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा ५ दशमलव ४५ गुणा बढी खुद नाफा आर्जन गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो ।

त्यस्तै, कम्पनीको संचालन मुनाफा पनि बढेको छ । यस वर्ष गत वर्षभन्दा कम्पनीको सञ्चालन नाफा ८ दशमलव ६६ गुणा बढी हो । गत आर्थिक वर्ष ४७ लाख ३७ हजार मात्र सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ४ करोड १० लाख रुपैयाँ संचालन मुनाफा गरेको हो ।

Prabhu
Crest

हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ७६ लाख ५१ हजार रहेको छ भने जगेडा कोष रकम १९ करोड ५८ लाख रुपैयाँ छ ।

त्यसैगरी गत वर्षभन्दा ७८ प्रतिशत बढी ३ अर्ब १६ करोड २७ लाख कर्जा सापटी लिएको कम्पनीले ८१ प्रतिशत बढी ५ अर्ब ३ करोड ४४ लाख कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन गत वर्षभन्दा ४१ दशमलव ९५ प्रतिशत बढी १ अर्ब ७१ करोड ४१ लाख भएको छ ।

यस अवधिमा वार्षिक प्रतिशेयर आम्दानी ४३ रुपैयाँ ३१ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ७९ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS