IME Life
Beema Board

एशियन लाइफको सिइओको तलब सुविधा ९६ लाख ४ हजार रुपैयाँ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ मा प्रमुख कार्यकारी अधिकृतलाई वार्षिक तलब भत्ता तथा अन्य सुविधा बापत ९६ लाख ४ हजार रुपैयाँ दिएको छ । उक्त तलब सुविधा निवर्तमान प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठको हो । उनि २०७७ साउन २० गतेदेखि दोस्रो कार्यकाल पुरा गरेर बाहिरिएका थिए ।

तत्कालिन समयमा श्रेष्ठले वार्षिक तलब तथा अलाउन्सेस बापत ७१ लाख ९६ हजार रुपैयाँ बुझेका थिए । यस बाहेक उनले ७ लाख ८१ हजार ५८० रुपैयाँ इन्सेन्टिभ र विविध सुविधा बापत १६ लाख २६ हजार ७२० रुपैयाँ प्राप्त गरेका थिए । यस बाहेक उनले बोनश ऐन अनुसार मुनाफाबाट बोनश रकम पनि प्राप्त गरेका छन् । प्रस्तुत विवरण कम्पनीले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदन २०७६/७७ बाट लिएको हो ।

Prabhu
Crest

कम्पनीले आजको १३ औ वार्षिक साधारणसभाबाट पारित गर्दैछ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित २ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्दैछ ।

हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दिनेश लाल श्रेष्ठ रहेका छन् । उनि २०७७ माघ एक गतेदेखि प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै आएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS