IME Life
Beema Board

जाल्पा सामुदायिक लघुवित्तले आईपीओ मार्फत उठाउने ५ करोड २२ लाख कहाँ लगानी गर्दै छ ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । माघ २१ गते शुक्रबार(आज) देखि जाल्पा सामुदायिक लघुवित्तले आईपीओ निष्काशन गर्दैछ । कम्पनीले एक सय अङ्कित दरका ५ लाख २२ हजार कित्ता साधारण शेयर मध्ये ८ हजार  कित्ता शेयर कर्मचारीहरु तथा सर्वसाधारणलाई छुट्याइएको शेयर मध्येको २६ हजार १०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी रहने ४ लाख ८७ हजार ९०० कित्ता साधारण शेयर सर्वासाधारणलाई निस्काशन गर्दै छ ।

कम्पनीको आहवान पत्र अनुसार कम्पनीले उठाउने ५  करोड २२ लाख रुपैयाँ चार शीर्षकमा लगानी गर्ने योजना बनाएको छ । ५० लाख  भौतिक पूर्वाधार तथा शाखा विस्तार, २ करोड पशुपालन तथा कृषी कर्जा  अर्को  २ करोड खुद्रा व्यापार र सेवा कर्जा र ७२ लाख रुपैयाँ साना तथा घरेलुउद्योग कर्जा शीर्षकमा प्रयोग गर्ने छ ।

Prabhu
Crest

आईपीओ माघ २१ गते देखि माघ २५ गते सम्म खुल्ने छ । माघ २५  गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि माघ २५ गते सम्म पनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा फागुन ६ गते सम्म समय थपिने छ । विगत देखिको तथ्याङ्क अनुसार समय थपिने सम्भावना एकदमै न्यून जस्तै छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS