IME Life
Beema Board

कोरोना संक्रमितले भरियो काडमाडौं

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कोभिड १९ संक्रमणको हट स्पटको रुपमा रहेको काठमाडौं उपत्यका भित्र मात्रै ५६ हजार ८८२ जना सक्रिय संक्रमित छन् । सबैभन्दा धेरै काठमाडौं जिल्लामा मात्रै ४१ हजार ६३३ जना छन् । त्यस्तै ललितपुर जिल्लामा ९ हजार ६६८ जना छन् भने भक्तपुर जिल्लामा ५ हजार ५८१ जना छन् ।

Prabhu
Crest

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ जना रहेका छन् । उपत्यका भित्र ५६ हजार हुँदा उपत्यका बाहिर भने ३२ हजार भन्दा धेरै छन् । पछिल्लो समय हरेक दिन १० हजार भन्दा धेरैका दरले संक्रमित थपिइरहेका छन् । संक्रमण सामुदायित स्तरमै फैलिइसकेको छ । यो परिक्षण गर्नेको संख्या हो । जवकी धेरै मानिसहरुले परिक्षण नै गरेका छैनन् ।

यस भन्दा अगाडीका भेरियण्टको तुलनामा मृत्युदर धेरै नै कम भएकाले सर्वसाधारणदेखि लिएर नेपाल सरकारले पनि खासै संबेदनशिलता अपनाएको छैन । तेस्रो भेरियन्ट ओमिक्रोनका कारण दैनिक ३/४ जनाको मात्रै मृत्यु हुँदै आएकोमा आज ८ जनाको मृत्यु भएको छ ।

सरकारले खोपलाई प्राथमिकताका साथ अगाडी बढाउदा यस भेरियण्टको प्रभाव कम देखिएको हो । सुरुवातमा यस भेरियण्टले धेरै नै प्रभाव पार्ने भनिए पनि मृत्युदरमा भने खासै प्रभाव पार्न सकेन । त्यसैले गर्दा सर्वसाधारणले धेरै नै हेलचेक्राइ गरेका छन् । बैंक बीमा कम्पनीहरुले आफ्ना कोभिड १९ संक्रमित कर्मचारीहरुलाई ज्वरो नआएको भए अफिसमा आउदा हुन्छ भन्दै बोलाएका छन् । कोरोना संक्रमितहरु आइसोलेसनमा नबसी भिडभाड तथा अन्य व्यक्तिको सम्पर्कमा सहजै पुग्दा संक्रमणदर धेरै नै बढेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS