IME Life
Beema Board

अवैधानिक क्रिप्टोकरेन्सीको कारोबार गर्दा एकै परिवारका चार समातिए

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राजश्व अनुसन्धान विभागले क्रिप्टो करेन्सीको कारोबारमा संलग्न भएको आरोपमा एकै परिवारका चारजनाविरुद्ध ३७ करोड ६४ लाख ११ हजार १ सय रूपैयाँ बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

कैलाली लम्कीचुवा १० स्थायी ठेगाना भएका हाल काठमाडौं कालोपुल गुरुङ्टोलमा बस्ने दिनेश खड्का, उनकी दिदी भगवती खड्का, वुवा नर वहादुरखड्का र उनकी केटी साथी अनिता धितालविरुद्ध मुद्दा दर्ता गरिएको हो।

Prabhu
Crest

दिनेशले आफू र परिवारका सदस्यको नाममा क्रिप्टो करेन्सीको कारोबार गरेका थिए । दिनेशले आफ्नो बैंक अकाउन्टबाट ९ करोड ७९ लाख ९८ हजार ५ सय ८१ रुपैयाँको कारोबार गरेको दाबी गरिएको छ । यसैगरी भगवतीको बैंक खाताबाट २० करोड ४२ लाख ९४ हजार ५ सय २६ रुपैयाँ कारोबार भएको विभागको दाबी छ ।

नरबहादुरको बैंक खाताबाट एक करोड ६४ लाख ११ हजार एक सय ६६ रुपैयाँ र अनिताको बखाताबाट ५ करोड ७७ लाख ६ हजार ८६ रुपैयाँको कारोबार भएको विभागले जनाएको छ । विभागका अनुसार क्रिप्टो करेन्सीको कारोबार ई-स्कील, बाइनान्स नामक मोबाइल एप्लिकेन्सबाट भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS