IME Life
Beema Board

५ अंकले घट्यो नेप्से, लाइफ इन्स्योरेन्स बाहेक सबै उपसूचक रात्ताम्मे

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार सामान्य अंकले घटेको छ । हिजो १०० अंकले घटेको बजार आज ५ दशमलव ९२ अंकले घटेर २,८१४ दशमलव ७४ को विन्दुमा कायम भएको छ । आज ६९ कम्पनीको शेयर मुल्य बढेको छ भने १०२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज लाइफ इन्स्योरेन्स बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२९ वटा कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एशियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २६ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १३ सय २२ रुपैयाँ रहेको छ ।

Prabhu
Crest

त्यस्तै, आज अपि पावर कम्पनीको २२ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १९ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बैंकको ८६७ रुपैयाँ शेयर मुल्य कायम भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १४ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बुद्धभुमी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । पोखरा फाइनान्स कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कृषि विकास बैंकका डिबेञ्चर इकाईधनीले गुमाएका छन् । बैंकका इकाईधनीले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS