IME Life
Beema Board

ग्रीन डेभलपमेन्ट बैंकको नाफा घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकले १८ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८ दशमलव ६९ प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिमा बैंकले एक अर्ब २९ लाख ४४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

त्यस्तै, बैंकको चुक्ता पुँजी ५१ करोड ९० लाख रुपैयाँ र जगेडा कोषमा २ करोड ९० लाख ९७ हजार रुपैयाँ सञ्चित रहेको छ ।

Prabhu
Crest

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी भने ४४ दशमलव ७७ प्रतिशतले बढेर ५ करोड ६४ लाख ९५ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ३ करोड ९० लाख २५ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा ५० दशमलव ४७ प्रतिशतले घटेर २५ लाख ७९ हजार रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ५२ लाख ७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

बैंकको प्रतिसेयर आम्दानी ९ईपीएस० ७० पैसामा सिमित हुन पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५२ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS