IME Life
Beema Board

स्वास्थ्य बीमा बोर्डले प्रदेश र स्थानीय तहमा संयोजन समिति बनाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले प्रदेश र स्थानीय तहमा संयोजन समिति गठन गर्ने भएको छ । यसका लागि बोर्डले प्रदेश तह र स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन/सञ्चालन नमुना कार्यविधि २०७८ बनाएको छ ।

स्वास्थ्य बीमा नियमावली २०७५ को नियम २५ मा स्वास्थ्य बीमा सम्बन्धमा समन्वय गर्न प्रत्येक प्रदेशमा प्रदेश सरकारले तोके बमोजिमको एक प्रदेश स्वास्थ्य बीमा संयोजन समिति रहने व्यवस्था छ । यसैमा स्थानिय तह स्वास्थ्य बीमा संयोजन समिति रहने व्यवस्था रहेको छ ।

Prabhu
Crest

प्रादेशिक स्तरको समितिको अध्यक्षता स्वास्थ्य मन्त्रालय हेर्ने सचिवले गर्नेछन् । त्यस्तै सदश्यहरुमा स्वास्थ्य बीमा बोर्डको प्रादेशिक कार्यालयका प्रमुख, आर्थिक मामिला मन्त्रालयका प्रतिनिधि, मन्त्रालयले मनोनित गरेको एक जना व्यक्ति, स्वास्थ्य र बीमा क्षेत्रमा अनुभव हासिल गरेको एक जना महिला सहित २ जनालाई मन्त्रालयले मनोनित गर्न सक्ने छ । महाशाखा प्रमुख सदश्य सचिव रहने छन् ।

त्यस्तै स्थानीय तहको समितिको अध्यक्षता स्थानीय निकायका प्रमुख तथा अध्यक्षले गर्ने छन् । स्थानीय निकायका प्रमुखले मनोनित गरेका एक जना वडा अध्यक्ष सदश्य रहने छन् । सेवा प्रदायक संस्थाको तर्फबाट संयोजकले मनोनित गरेको व्यक्ति सदश्य रहने छन् । त्यस्तै संयोजकले स्वास्थ्य क्षेत्रमा अनुभवी एक महिला सहित दुई जना मनोनित गर्न पाउने छन् । स्थानीय नियकाको स्वास्थ्य हेर्ने प्रमुख सदश्य हुने छन् भने स्वास्थ्य बीमा बोर्डको तर्फबाट सम्बन्धित पालिकाको दर्ता अधिकारी यस समितिमा रहने छन् । स्थानिय तहको प्रमुख प्रशासकीय अधिकृत सदश्य सचिव रहने छन ।

यस समितिले प्रदेश तथा स्थानीय स्तरमा बीमाको दायरा बढाउन प्रमुख भुमिका निर्वाह गर्ने छन् । अति गरिव परिवारलाई कार्यक्रममा जोड्नका लागि पनि यस समितिको महत्वपुर्ण भुमिका रहनेछ ।

pradeshtah-swasthyabima-sanyojan-samiti-karyabidhi-2078
esthniyatah-sanjyojan-samiti-karyabidhi-2078

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS