IME Life

के तपाईको बीमकले मोटरसाइकल चोरी भएमा अर्को खरिद गर्न पैसा दिन्छ ?

SPIL
NIC ASIA

काठमाडौं । सार्वजनिक यातायातको साधन भरपर्दो र सुविधाजनक नहुने शहरहरुमा दुईपाङग्रे मोटरसाइकल वा स्कुटर लोकप्रिय बनेको छ । जागिर, पसल, घुमघाम, भेटघाट जे सुकैको लागी पनि आँगनमै भएको दुईचक्के सवारी भरपर्दो माध्यम बनिदिन्छ । दैनिक जीवनमा यसको महत्वको कारण यसको सुरक्षा पनि हाम्रो चासोको विषय हुनु स्वाभाविक नै हो । सुरक्षित बनाउने भरपर्दो माध्यम भनेको बीमा हो ।
तपाईसँग दुईपाङग्रे सवारी साधन छ र तपाईले सवारी बीमा पनि गराउनु भएको छ भने यसको बीमा गर्दा लाग्ने शुल्क कसरी निर्धारण हुन्छ र केले प्रभाव पार्छ भन्ने जान्न चासो हुनु स्वाभाविक हो ।

दुई पाङग्रेको प्रकार
दुईपाङग्रे सवारी साधनको मूल्य यसको विशेषताहरु, प्राविधिक पक्ष, निर्माण गरिएको वर्ष र मोडेल र उत्पादकमा निर्भर हुन्छ । कुनै हानीनोक्सानी वा चोरी भएको अवस्थामा बीमाले दुईपाङग्रे सवारीको मूल्यको आधारमा क्षतिपूर्ती दिने भएकाले यसको मूल्यले बीमाशुल्कलाई प्रभावित पारेको हुन्छ । दुई लाख रुपैयाँ मूल्य पर्ने मोटरसाइकल वा स्कुटरको बीमाशुल्क तीन लाख रुपैयाँ मूल्य पर्ने मोटरसाइकल वा स्कुटरको बीमाशुल्कभन्दा सस्तो हुन्छ ।

Prabhu
Crest

मूल्य बाहेक अर्को पक्ष भनेको दुईपाङग्रेको इन्जिनको क्षमता(क्युबिक क्यापासिटी,सिसि) हो । १२५ सिसि क्षमताको मोटरसाइकलको भन्दा १५० सिसिको मोटरसाइकलको बीमाशुल्क दर महँगो हुन्छ । सवारी साधनको मूल्य र क्षमताको आधारमा बीमा समितिले बीमाशुल्क दर निर्धारण गरेको छ । सवारी साधनको बीमा गर्दा तेश्रो पक्ष बीमा अनिवार्य गरिएको छ ।

सवारी साधनको उमेर र घोषित मूल्यः
सामान्यतया नयाँ मोटरसाइकल खरिद गरिएलगत्तै बीमा गरिएको हुन्छ । बीमकले बीमाशुल्क निर्धारण गर्दा बिजकमा उल्लेखित मूल्य,इन्जिन क्षमता, यात्रु क्षमता, उत्पादित वर्षलाई विचार गर्छ ।

यो बाहेक पुरानो सवारी साधनको बीमा गर्नुपर्दा बीमकले सवारी साधन कति वर्ष पुरानो हो र घोषित मूल्य कति हो भन्ने जानकारी सवारीधनीसँग माग्छ । जति पुरानो मोटरसाइकल हो,त्यसको ह्रास कट्टी पनि उति नै बढी हुन्छ । सवारी साधनमा १० देखि २० प्रतिशतसम्म वार्षिकरुपमा ह्रास  कट्टी गर्ने अभ्यास रहेको छ ।

सवारी बीमा जोखिमको प्रकारः
सवारी साधनको बीमा दुई प्रकारको हुन्छ, एउटा तेश्रो पक्ष बीमा र अर्को सघन बीमा । तेश्रो पक्ष बीमा नेपालमा अनिवार्य गरिएको छ । बीमाशुल्क सस्तो पर्छ भन्ने सोचेर प्रायः दुईपाङग्रे सवारी धनीले तेश्रो पक्ष बीमा मात्र गराएका हुन्छन् । यसो गर्दा दुर्घटना परेर सवारी साधनले कसैलाई हानी नोक्सानी पु¥याएको अवस्थामा मात्र क्षतिपूर्ती पाइन्छ । तर दुःख गरेर पैसा जोहो गरेपछि किनेको मोटरसाइकल चोरी भएमा वा दुर्घटनाबाट क्षतिग्रस्त भएपछि तेश्रो पक्ष बीमाले क्षतिपूर्ती दिलाउँदैन । मोटरसाइकल धनी आफैं पनि दुर्घटनामा परेर घाइते भयो भने तेश्रो पक्ष बीमाले कुनैपनि क्षतिपूर्ती उपलब्ध गराउँदैन ।

सघन बीमाले असिनापानी, भुकम्प, बाढी, हुरीबतास, पहिरोलगायत प्राकृतिक विपत्तिबाट हुने क्षतिविरुद्ध रक्षावरण गर्छ । यसबाहेक दंगा, दुर्घटना, चोरीविरुद्ध पनि रक्षावरण गर्छ । सघन बीमाको बीमाशुल्क तेश्रो पक्ष बीमा भन्दा दोब्बर बढी हुन्छ । तर दुई लाख रुपैयाँभन्दा महँगो मोटरसाइकल वा स्कुटरको लागी वर्षमा करिब पाँच हजार रुपैयाँ बीमाशुल्क तिर्नु खासै महँगो होइन । सघन बीमा गर्दा मोटरसाइकल चोरी भएको अवस्थामा ह्रासकट्टी पछिको मूल्य बीमकले क्षतिपूर्तिवापत उपलब्ध गराउँछ । सवारीधनी स्वयम् मोटरसाइकल दुर्घटनामा परेर घाइते भएको अवस्थामा, मृत्यु भएको अवस्थामा वा मोटरसाइकलमा क्षति पुगेको अवस्थामा पनि क्षतिपूर्ती उपलब्ध हुन्छ ।

दाबी नगरिए वापत छुटः
बीमा अवधिभर सवारीसाधनमा भएको क्षति वा दुर्घटनावापतको क्षतिपूर्ती माग नगरेको अवस्थामा बीमकले सवारीधनीलाई बीमालेख नविकरण गर्दा दाबी नगरिएवापत छुट उपलब्ध गराउँछ । यस्तो छुट सामान्य बीमाशुल्क दरमा २० प्रतिशतको दरले उपलब्ध हुन्छ । सवारी बीमा बढीमा एक वर्ष अवधिको लागी मात्र जारी गरिन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS