IME Life
Beema Board

आइएमई जनरलले आधारभुत शेयरधनीलाई हकप्रद शेयर निष्काशन गर्दै, कसको भागमा कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले एक प्रतिशत भन्दा धेरै हिस्सा भएका आधारभुत शेयरधनीहरुलाई हकप्रद बापतको रकम अग्रिम रुपमा भुक्तानी गर्न आह्वान गरेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि अनुमति प्रदान गरे सँगै कम्पनीले पहिलो चरणमा संस्थापकहरुलाई हकप्रदका लागि आह्वान गरेको हो ।

कम्पनीले नियम अनुसार सर्वसाधारण शेयरधनीहरुका लागि हकप्रद शेयर निष्काशन गर्नु पुर्व सञ्चालक लगायत आधारभुत शेयरधनीहरुलाई आफ्नो हक हिस्सामा पर्न आउने हकप्रद शेयर बापतको रकम उठाउनु पर्ने हुन्छ । यहि नियम अनुसार कम्पनीले चुक्ता पूँजीको एक प्रतिशत र सो भन्दा बढी शेयर धारण गर्ने शेयरधनीहरुलाई फागुन २ गतेसम्म पैसा जम्मा गर्न आह्वान गरेको छ ।

Prabhu
Crest

कम्पनीको २०७८ बैशाख १२ गते बसेको २३ औ वार्षिक साधारणसभाले चुक्ता पूँजी एक अर्ब १५ करोड रुपैयाँको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो । सोहि अनुसार कम्पनीले बीमा समितिबाट अनुमति लिएर नेपाल धितोपत्र बोर्डमा निष्काशनका लागि आवेदन दिएको थियो । कम्पनीको उक्त आवेदनलाई बोर्डले गत साता स्वीकृत गरे सँगै अव सर्वसाधारणका लागि आह्वान गर्ने छ ।

हाल आइएमई जनरलमा सबैभन्दा धेरै चन्द्र ढकालको १४.२८ प्रतिशत शेयर रहेको छ । त्यस्तै उसा इन्भेष्टमन्टको ११.९७ प्रतिशत, हेम राज ढकालको १०.१५ प्रतिशत, नेपाल बंगलादेश बैंकको ९.५० प्रतिशत, कुमार पौडेलको ५.५० प्रतिशत, हाथवे इन्भेष्टमेन्टको ५ प्रतिशत, तिलक बहादुर रानाभाटको २.४७ रतिशत हिस्सा रहेको छ । हाल एक प्रतिशत भन्दा धेरै हिस्सा ओगटेका शेयरधनीहरु १७ जना छन् । उनिहरुको मात्रै हिस्सा ७५ प्रतिशत माथि छ ।

कम्पनीले ४६ करोड ३० लाख रुपैयाँको हकप्रद शेयर निष्काशन गर्दैछ । यदि नियम अनुसार आधारभुत शेयरधनीहरुले आवेदन दिए भने कम्पनीले अग्रिम रुपमा ३४ करोड ९० लाख उठाउने छ ।

कसको भागमा कति ?

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS