IME Life

कामना सेवा विकास बैंकको मुनाफा ११ प्रतिशतले किन घट्यो ?

SPIL
NIC ASIA

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाशिक अवधिमा ३४ करोड ३६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिको तुलनामा बैंकको मुनाफा ११.८९ प्रतिशतले घटेको हो । गत वर्षको यहि अवधिमा बैंकले ३९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

यस वर्ष गैर बैंकिङ आम्दानी नहुँदा मुनाफामा गिरावट आएको हो । गत वर्षको यहि अवधिमा बैंकले नन अपरेटिङ इनकम २१ करोड २ लाख रुपैयाँ थियो । तर यस वर्ष यस्तो आम्दानी सून्य छ । तर खुद व्याज आम्दानी भने ३१.६६ प्रतिशतले बढेको छ । बैंकले ६ महिनाको अवधिमा ९० करोड ५९ लाख रुपैयाँ आर्जन गरेको छ । दोस्रो त्रैमाशिक अवधिमा बैंकले ४७ अर्ब ७३ करोड रुपैया निक्षेप संकलन गरी ४३ अर्ब एक करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

Prabhu
Crest

मुनाफामा गिरावट सँगै प्रतिशेयर आम्दानी पनि २९ रुपैयाँबाट २१ रुपैयाँमा खुम्चिएको छ । बैंकको चुक्ता पूँजी तीन अर्ब १४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब तीन करोड रुपैयाँ जम्मा भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS