IME Life
Beema Board

जीवन बीमा कम्पनीको सञ्जाल विकेन्द्रित हुँदै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । काठमाडौं उपत्यका बाहेकका केहि प्रमुख सहरमा मात्रै केन्द्रित हुने बीमा कम्पनीहरु पछिल्लो समय नेपाल अधिराज्यभर फैलिन थालेका छन् । व्यवसाय खोजिको क्रममा जीवन बीमा कम्पनीहरु अहिले हरेक सहरोन्मुख क्षेत्रमा पुग्न थालेका छन् । यस तथ्यलाई उनिहरुको शाखा कार्यालय, कर्मचारी संख्या र अभिकर्ताको संख्याले पनि पुष्टि गर्छ ।

जीवन बीमा व्यवसाय हरेक महिना जुन गतिमा बढिरहेको त्यसमा बीमा कम्पनीका कर्मचारी र अभिकर्ताको ठुलो सञ्जालले नै सम्भव भएको हो । हाल नेपालभर अभिकर्ताको संख्या ७ लाख ६८ हजार ४२७ जना रहेको छ । त्यस्तै कर्मचारीको संख्या ६ हजार १६० जना पुगेको छ । त्यस्तै जीवन बीमा कम्पनीको कार्यालय संख्या हेर्ने हो भने २२ सय ६८ वटा छन् ।

Prabhu
Crest

शाखा सञ्जाल
सबैभन्दा ठुलो शाखा सञ्जाल यूनियन लाइफको २०४ वटा रहेको छ । दोस्रोमा नेपाल लाइफको १९३ वटा रहेको छ । तेस्रोमा सन नेपाल लाइफको १९१ वटा छ । सबैभन्दा कम शाखा राष्ट्रिय बीमा संस्थानको २३ वटा मात्रै छ । प्रादेशिक हिसावमा हेर्ने हो भने सबैभन्दा धेरै वागमति प्रदेशमा ५९३ वटा रहेको छ । वागमति पछि सबैभन्दा धेरै शाखा कार्यलाय प्रदेश नम्बर एकमा ३५३ वटा छ । बाँकी प्रदेशमा क्रमश लुम्बिनी प्रदेशमा ३५३, प्रदेश दुईमा ३१८, सुदुर पश्चिममा २५६, गण्डकी २२८ र कर्णाली प्रदेशमा १४८ वटा रहेको छ ।

कर्मचारी संख्या
जीवन बीमा कम्पनी मध्ये सबैभन्दा धेरै कर्मचारी नेपाल लाइफमा ६७४ जना रहेका छन् । सबैभन्दा धेरै बीमित भएकाले यस कम्पनीको अभिकर्ताको सञ्जाल र कर्मचारीको सञ्जाल ठुलो छ । दोस्रो धेरै कर्मचारी एशियन लाइफमा ४४६ जना छन् । सबैभन्दा ठुलो शाखा सञ्जाल भएको युनियन लाइफको भने ४३० जना छन् । सबैभन्दा कम कर्मचारी राष्ट्रिय बीमा संस्थानमा १२६ जना मात्रै छन् ।

प्रदेशिक हिसावले हेर्ने हो भने सबैभन्दा धेरै कर्मचारी वाग्मती प्रदेशमा २४९४ जना छन् । प्राय सबै बीमा कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंमै भएकाले साथै यस क्षेत्रमा शाखा कार्यालयको संख्या पनि धेरै भएकाले कर्मचारी धेरै भएका हुन् । सबैभन्दा कम कर्मचारी कर्णाली प्रदर्शमा ३२९ जना छन् ।

अभिकर्ता संख्या

जीवन बीमा कम्पनीमा हाल ७ लाख ६८ हजार ४२७ जना अभिकर्ता छन् । जीवन बीमा व्यवसाय अभिकर्ता केन्द्रित व्यवसाय हो । अभिकर्ताले नै जीवन बीमा गराउने भएकाले जुन कम्पनीमा जति धेरै अभिकर्ता हुन्छन् ति कम्पनीको व्यवसाय पनि राम्रो हुन्छ । जीवन बीमा कम्पनी मध्ये सबैभन्दा धेरै नेपाल लाइफको एक लाख ९४ हजार जना अभिकर्ता छन् । दोस्रो ठुलो अभिकर्ताको सञ्जाल एशियन लाइफमा ८८ हजार १२४ जना रहेका छन् । नयाँ जीवन बीमा कम्पनी मध्ये सबैभन्दा ठुलो सञ्जाल ५८ हजार ३२० जना छन् ।

प्रादेशिक रुपमा हेर्ने हो भने सबैभन्दा ठुलो सञ्जाल बाग्मती प्रदेशमा २ लाख ३३ हजार १०२ जना छन् । यो जम्मा संख्याको ३० प्रतिशत हो । बाँकी ७० प्रतिशत ६ वटा प्रदेशमा छन् । दोस्रो ठुलो सञ्जाल लुम्बिनी प्रदेशमा एक लाख ३१ हजार रहेका छन् । सबैभन्दा कम कर्णालीमा ३७ हजार ५०६ जना छन् ।

जीवन बीमा व्यवसायको पहुँच २८ प्रतिशत नेपालीहरुमा पुगेको छ । अझै ७२ प्रतिशत नेपालीको बीमा गराउन बाँकी छ । यसले गर्दा बीमा कम्पनीहरु आफ्नो सञ्जाल विस्तारका साथै व्यवसाय विस्तारमा पनि आक्रामक बनिरहेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS