IME Life
Beema Board

पञ्चकन्या माईको साधारण सभा सम्पन्न, चार संचालक निर्विरोध निर्वाचित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको चौथो, पाँचौं तथा छैठौं गरी ३ वर्षको वार्षिक साधारण सभा साधारण सभा सम्पन्न भएको छ । सभा सञ्चालक समितिका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको सभापतित्वमा कोपुण्डोल, ललितपुरमा सम्पन्न भएको हो ।

सभाबाट ४ वर्ष अविधिको लागि प्रतिनिधित्व गर्न ४ जना (१ जना महिला समेत) कम्पनीको संचालक सदस्यहरुमा संस्थापक शेयर धनी समुह–“क”को तर्फबाट प्रेम बहादुर श्रेष्ठ, नितिशा श्रेष्ठ, ध्रुब कुमार श्रेष्ठ र उदिप श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
कम्पनीको आर्थिक २०७५/०७६ र आ.व. २०७६/०७७ को लेखापरीक्षण एन.ए.आर.एस. एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट नवराज

Prabhu
Crest

लामिछानेले र आर्थिक वर्ष २०७७/०७८ को डि. कुमार एण्ड एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट दिपेन्द्र कुमारले तयार पारेको लेखापरीक्षकको प्रतिवेदनहरुलाई सर्वसम्मतीबाट स्वीकृत गरेको हो । साथै कम्पनीको आ.व. २०७८/०७९ को लेखापरीक्षण गर्न डि. कुमार एण्ड एसोसियट्सका चार्टर्ड एकाउण्टेन्ट दिपेन्द्र कुमारलाई लेखा परीक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।

कम्पनीका संचालक ध्रुव कुमार श्रेष्ठले आयोजना सम्पन्न गर्न कम्पनीले भोग्नु परेको समस्या, कम्पनीको आर्थिक स्थिति र सभामा उपस्थित भई सभालाई रचनात्मक सुझाबका साथै वार्षिक साधारण सभा सम्पन्न गर्न सहयोग पुर्याएकोेमा उपस्थित सबैलाई धन्यवाद तथा कृतज्ञता ज्ञापन गरे ।

शेयरधनीहरुबाट उठाइएका जिज्ञासा तथा प्रश्नहरुको सम्बन्धमा संचालक समितिको तर्फबाट प्रदिप कुमार श्रेष्ठ र टिकाराम निरौलाले प्रष्ट पारेका थिए । शेयरधनीहरु अमिर दास रन्जित, उद्धव प्रसाद घिमिरे, ब्रम्हदेव शाक्य, अर्जुन कुमार ढुङ्गेल, शिव प्रसाद पौडेल, डम्वरु बल्लभ घिमिरे र शत्रुधन श्रेष्ठले आफ्ना अमूल्य राय सुझावहरु दिए । कम्पनीको यस आर्थिक वर्षहरुमा खर्च घटेको र आम्दानी सकारात्मक तिर गएको हुँदा नाफाको सुनिश्चतता गरी शेयरधनीहरुलाई लाभांश वितरण गर्न आग्रह गरिएको थियो ।

कम्पनीको संचालकहरुको निर्वाचन गर्न श्री विश्वजय पुडासैनीलाई निर्वाचन अधिकृतको रुपमा नियुक्त गरिएको थियो । सभामा सनराइज क्यापिटल लिमिटेडबाट विजय लाल श्रेष्ठ र कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरबाट उप–रजिष्ट्रार हरि प्रसाद अधिकारीको समेत उपस्थिति थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS