IME Life

सानिमा जनरलका सिइओ सुद्युम्न उपाध्यायको वार्षिक तलब सुविधा ४८ लाख ५९ हजार

SPIL
NIC ASIA

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न उपाध्यायले वार्षिक ४८ लाख ५९ हजार ९०४ रुपैयाँ तलब भत्ता बुझेका छन् । उनले गत आर्थिक वर्ष २०७७/७८ मा तलब मात्रै ३४ लाख ५६ हजार रुपैयाँ बुझेका छन् ।

Prabhu
Crest

व्यवसायिक प्रस्तुतिका आधारमा अलाउन्सेस बापत ११ लाख तीन हजार रुपैयाँ प्राप्त गरेका छन् । यस बाहेक उनलाई कम्पनीले जीवन बीमा बापत तीन लाख रुपैयाँ प्रिमियम भुक्तानी गरिदिएको छ । उक्त तलब सेवा सुविधा बाहेक उनले नियम अनुसार वार्षिक मुनाफाबाट बोनश रकम प्राप्त गर्छन् । त्यस्तै नियम अनुसार गाडी, इन्धन, मोबाइल लागयतको सुविधा पाउछन् ।  उपाध्याय २०७७ साल जेठ ११ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् ।

उपाध्याय बाहेक उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुले एक करोड २३ लाख रुपैयाँको तलब भत्ता तथा अन्य सुविधा प्राप्त गरेका छन् । कर्मचारीहरुलाई यस आर्थिक वर्षको मुनाफाबाट ७३ लाख ५२ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।

कम्पनीका सञ्चालकहरुले यस आर्थिक वर्षमा बैठक भत्ता बापत ४ लाख १० हजार रुपैयाँ प्राप्त गरेका छन् । अन्य समिति/उपसमितिका पदाधिकारीहरुले पनि बैठक भत्ता बापत २ लाख १० हजार रुपैयाँ बुझेका छन् । कम्पनीको अध्यक्षमा खेम राज लामिछाने रहेका छन् भने सञ्चालकहरुमा डा. हेमन्त कुमार दवाडी, दिलिप श्रेष्ठ, सोनम ग्याछो, दामोदर प्रसाद आचार्य, प्रपुजा पोखरेल र प्रकाश मान श्रेष्ठ रहेका छन् । प्रपुजा र प्रकाशन मान गत असार २३ गतेदेखि सञ्चालक भएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS