IME Life

भारतमा कूल बीमालेखमध्ये ३३ प्रतिशत बीमालेख महिलाको नाममा जारी

SPIL
NIC ASIA

काठमाडौं । भारतमा एक वर्षको अवधिमा बिक्री गरिएका जीवन बीमालेखमध्ये ३३ प्रतिशत महिलाको नाममा जारी भएको तथ्यांक भारतीय बीमा नियामक तथा विकास प्राधिकरण (आइआरडिएआई) ले सार्वजनिक गरेको छ ।

आइआरडिएआईका अनुसार अप्रिल २०२० देखि मार्च २०२१ सम्ममा ९३ लाख महिलाको नाममा बीमालेख जारी गरिएको हो । यस अवधीमा भारतीय जीवन बीमकले कूल २ करोड ८१ लाख वटा नयाँ बीमालेख जारी गरेका छन् । भारतको कूल जनसंख्यामा महिलाको जनसंख्या ४९ प्रतिशत रहेको छ ।

Prabhu
Crest

आइआरडिएआईले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार कूल बिक्री भएका बीमालेखमध्ये निजी क्षेत्रका बीमकले बिक्री गरेको कूल बीमालेखमध्ये २७ प्रतिशत महिला बीमित रहेका छन् । त्यसैगरी सरकारी जीवन बीमक लाईफ इन्स्योरेन्स कर्पोरेशन९एलआईसी०ले बिक्री गरेका कूल बीमालेखमध्ये ३५ प्रतिशत महिला बीमितको नाममा जारी गरिएका छन् ।

महिलाको नाममा बीमालेख जारी गर्दा उनीहरुको बाँच्न सक्ने उमेर पुरुषको तुलनामा बढी हुन भएकाले बीमाशुल्क केही सस्तो हुने गरेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी महिलाको नाममा बीमालेख जारी गर्दा प्रस्तावक महिला वा बीमितको शिक्षाको स्तर, वित्तीय स्वायत्तता, वित्तीय निर्णय अधिकार र संभावित जोखिमलाई समेत प्रभावित पार्ने मुख्य तत्वको रुपमा पहिचान गरिएका छन् ।

नेपालमा बीमा समितिले कूल जनसंख्याको कति प्रतिशत जीवन बीमा वा बीमामार्फत् समेटिएका छन् भन्ने तथ्यांक सार्वजनिक गर्दै आएको छ । तर लैंगिक आधारमा कूल जारी बीमालेखमध्ये पुरुष वा महिला वा तेश्रो लिंगीले कति प्रतिशत हिस्सा ओगटेका छन् भन्ने बारे अध्ययन गरेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS