SKIP THIS

MLBL
IME Life
Beema Board

एमडिआरटी २०२३ को लागी कति छ व्यवसायीक लक्ष्य ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ईस्वी संवतको नयाँ वर्षको पहिलो दिनदेखि नै सन् २०२३ को एमडिआरटी योग्यता पुरा गर्न सफल बीमा अभिकर्तालाई बधाईको ओइरो आउन थालि सकेको छ ।

बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्था मिलियन डलर राउण्ड टेबल(एमडिआरटी) ले निर्धारण गरेको सदस्यता पदवीको विभिन्न तहबारे सूसुचित हुने अभिकर्ताको संख्या बढ्दै जाँदा एमडिआरटी योग्य अभिकर्ताहरुको संख्या पनि वर्षेनी थपिंदै गएको छ ।
मिलियन डलर राउण्ड टेबलले सन् २०२३ को लागी पहिलो तहमा ३७ लाख ९२ हजार तीन सय रुपैयाँ प्रथम बिमाशुल्क(प्रबिशु) आर्जन गर्न सफल अभिकर्तालाई एमडिआरटी, १ करोड १३  लाख ७६  हजार नौ सय रुपैयाँ प्रबिशु आर्जन गर्न सफललाई सिओटी र २ करोड २७ लाख त्रिपन्न हजार आठ सय रुपैयाँ (प्रबिशु) आर्जन गर्न सफललाई टिओटी उपाधी प्रदान गरिने घोषणा गरेको छ ।

Prabhu
Crest

तीनवटा प्रकृयाबाट एमडिआरटी योग्यता प्राप्त गर्न सकिन्छ । पहिलो कमिशन आम्दानीको माध्यमबाट, दोश्रो कूल आम्दानीको माध्यमबाट र तेश्रो बीमाशुल्क आम्दानीको माध्यमबाट ।

कमिशन आम्दानीबाट एमडिआरटी २०२३ को लागि  योग्य हुन सन् २०२२  भित्र १२  लाख ६४  हजार १ सय रुपैयाँ कमिशन आम्दानी गरेको हुनुपर्छ । त्यसैगरी कूल आम्दानीको माध्यमबाट एमडिआरटी योग्य हुन २१  लाख ८९ हजार ६ सय रुपैयाँ, सिओटी उपाधिको लागि ३७ लाख ९२ हजार ३ सय कमिशन आम्दानी , कुल आम्दानीको माध्यमबाट सिओटी योग्य हुन ६५ लाख ६८ हजार २ सय र टिओटी उपाधीको लागि ७५ लाख ८४ हजार ६ सय कमिशन आम्दानी, कुल आम्दानीको माध्यमबाट टिओटी योग्य हुन १ करोड ३१ लाख ३६ हजार ४ सय आम्दानी गरेको हुनुपर्छ ।

एमडिआरटीको लागी योग्य भइसकेपछि सदस्यता प्राप्त गर्नको लागी एमडिआरटीले ५ सय अमेरिकी डलर, सिओटीले ६ सय अमेरिकी डलर र टिओटीले लागी १ हजार एक सय अमेरिकी डलर भुक्तानी गरेर सदस्यता प्राप्त गर्न सक्नेछन् । सदस्यता शुल्क अभिकर्ताले व्यक्तिगतरुपमा नै भुक्तानी गर्नुपर्छ ।

एमडिआरटी योग्य भएपनि सदस्यता शुल्क,भिषा शुल्कसँगै आतिथ्यता गर्ने मुलुकबाट भिषा स्वीकृत नहुने जोखिम लगायतको कारणले गर्दा एमडिआरटीको वार्षिक सम्मेलनमा सहभागीता जनाउने अभिकर्ताहरुको संख्या भने ज्यादै नगण्य छ । अहिले व्यापारघाटाको कारण देखाउँदै राष्ट्र बैंकले वैदेशिक मुद्रा संचितिको हर संभव प्रयास गरिरहेकाले सदस्यता शुल्क भुक्तानीको स्वीकृति प्राप्त गर्न समेत सहज नहुने अवस्था छ ।

सन् २०२२ मा एमडिआरटी उपाधीका लागि योग्य भएका अभिकर्ताहरुलाई अधिकांश जीवन बीमा कम्पनीले ‘विशेष सम्मान समारोह’बीच सम्मान् गर्ने घोषणा गरिसकेका छन् । कोरोना महामारीका कारण बन्दाबन्दीको स्थिति नआएमा संभवत् माघ महिनामै जीवन बीमकहरुले सम्मान् समारोहको आयोजना गर्नेछन् ।

के हो एमडिआरटी ?
एमडिआरटी अर्थात् मिलियन डलर राउण्ड टेबल । अमेरिकामा मुख्यालय रहेको यो संस्था विश्वभरका व्यवसायीक अभिकर्ताहरुको प्रतिनिधिमूलक संस्था हो । सन् १९२७ मा स्थापना भएको हो ।
यसको सदस्यता प्राप्त गर्ने अभिकर्तालाई विश्वभरका अभिकर्ताहरुको सम्मेलनमा सहभागीताको अवसर प्रदान गर्छ । व्यवसायीक दक्षता र व्यक्ति विकासको लागि संभावनाको ढोकाहरु खुल्ला गर्ने र अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहुँच पु¥याउन सुनौलो अवसर प्रदान गर्छ । अहिले बीमा अभिकर्ताहरु बीच एमडिआरटी प्रतिष्ठाको विषय बनेको छ ।

जीवन बीमाको लागी जे पनि गर्न पाइन्नः
बीमितलाई झूठो जानकारी दिने, बीमा अवधि समाप्तीपछि दोब्बर रकम भुक्तानी पाइन्छ भनेर भ्रमित पार्ने जस्ता अनैतिक कार्यलाई एमडिआरटीले निरुत्साहित गरेको छ । एमडिआरटीले सात बुँदे व्यवसायीक आचारसंहिता निर्धारण गरेको छ । आचारसंहितामा अभिकर्ताहरुलाई बीमितको हितलाई सर्वोपरी ठान्न, व्यवसायीक दक्षतालाई उच्चत्तम बनाई राख्न, गोप्यता कायम राख्न, बीमा प्रस्ताव फारममा बीमितबारे पूर्णरुपमा सत्यतथ्य सम्पूर्ण विवरण खुलाउन, व्यवसायीक आचरण कायम राख्न, कुनैपनि बीमा योजनाको कुनै पनि विकल्प बीमितको हितमा रहेको सुनिश्चित गर्न, बीमितको हितलाई महत्व दिन र कानून तथा विधिको पूर्ण पालना गर्र्न निर्देशन दिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS