IME Life
Beema Board

तीन कम्पनीको साधारण सभा आज हुँदै, के-के छन् एजेण्डा ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था, चिलिमे जलविद्युत् कम्पनी र याक एण्ड यती होटलको साधारण सभा आज हुँदैछ । छिमेक लघुवित्त वित्तीय संस्थाले आज शुक्रवार मकवानपुर स्थित होटल सामना प्रा.लिको सभा हलमा बिहान ११ बजे सभा शुरु गर्ने जनाएको छ । सभाले २७ प्रतिशत बोनश शेयर र ३ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ७ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्नेछ । यसका आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

Prabhu
Crest

त्यसैगरी, चिलिमे जलविद्युत् कम्पनीले २५औं वार्षिक साधारण सभा स्काई रेस्ट्रो एण्ड ब्याक्वेट्स धुम्वाराही काठमाडौंमा गर्ने जनाएको छ । सभाले ७ दशमलव ५ प्रतिशत बोनश शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १५ गते देखि २३ गतेसम्म बुक क्लोज गर्नेछ । यस आधारमा पुस १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

त्यसैगरी, याक एण्ड यती होटल लिमिटेडले ४५औं वार्षिक साधारण सभा रजिष्टर्ड कार्यालय लालदरबार, काठमाडौंमा हुने जनाएको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

त्यसैगरी, २०७८ मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई बोनश शेयर प्रदान गर्ने निर्णय गरेको हुँदा सो विशेष प्रस्तावलाई पारित गर्नेछ । त्यसैगरी, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS