IME Life
Beema Board

नेपाल पुनर्बीमाका सिइओ रायमाझीको वार्षिक तलब भत्ता ३४ लाख ५६ हजार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृतलाई वार्षिक तलब भत्ता बापत ३४ लाख ६५ हजार रुपैयाँ दिएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन अनुसार प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीले उक्त रकम बुझेका हुन् । उनले यसका अतिरिक्त गाडी सुविधा प्राप्त गरेका छन् ।

Prabhu
Crest

यस आर्थिक वर्षको मसान्तसम्म विभिन्न समिति उप समितिहरूको बैठकमा उपस्थिति बापत संचालकहरूलाई जम्मा ५ लाख ५० हजार ८० रुपैयाँ भुक्तानी गरिएको छ ।

नेपाल सरकार, अर्थ मन्त्रालयको निर्देशन अनुरुप संचालक समितिको अध्यक्ष लगायत सम्पुर्ण सदस्यहरूलाई संचालक समिति तथा अन्य सम्पुर्ण उप–समितिमा उपस्थिति भए बापत ३००० हजार रुपैयाँ बैठक भक्ता प्रदान गर्ने गरिएको छ । प्रचलित दुर्घटना बीमा पोलिसी अन्तर्गत संचालक समितिका अध्यक्ष एवं सदस्यहरूलाई बीमाड्ढ २५ लाखको व्यक्तिगत दुर्घटना बीमा र स्वास्थ्य बीमालेखको सीमा भित्र रही संचालक समितिका अध्यक्ष, सदस्य र निजको आश्रित परिवारको स्वास्थ्य बीमा गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS