प्रुडेन्सियलको सिइओमा श्रवण रावल नियुक्त

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले श्रवण रावललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । केहि समय अगाडी बीमा समितिले उनको नियुक्तिलाई अन्तिम स्वीकृति दिएको थियो ।

सञ्चालक समितिले रावललाई नियुक्तिको सिफारिस सहित स्वीकृतिका लागि समितिमा पेश गरेको थियो । समितिले अन्तिम स्वीकृति दिए सँगै आज बसेको सञ्चालक समितिले उनलाई चार वर्षको लागि नियुक्ति गरेको हो ।

रावल केहि समय अगाडी सगरमाथा इन्स्योरेन्स छाडेर प्रुडेन्सियलमा सिइओ बन्नैकै लागि भित्रिएका थिए । वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा भित्रिएका रावल यस अगाडीका प्रमुख कार्यकारी अधिकृत विर कृष्ण महर्जनको राजिनामा पछि कायम मुकायम प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार